दाङ । बबई नदीमा नुहाउन गएका दुई किशोरी डुवेर वेपत्ता भएको २८ घण्टापछी मृत अवस्थामा फेला परेका छन् । घटना स्थलमा रहेका दंगीशरण गाँउपालिका २ का वडा अध्यक्ष डम्बर खत्रीका अनुसार उनिहरुको शव स्थानीयले आज आइतबार दिउसो साढे ३ बजे फेला पारेका हुन् ।
डुबेको स्थानदेखि झन्डै १५ मिटरको दुरीमा करीब १० मिटर गहिराइमा दुबैजना एकै ठाँउमा घोप्टो परेको अवस्थामा फेला परेको वडा अध्यक्ष खत्रीले जानकारी दिनु भयो ।
त्यस्तै अहिले दुबैजनाको शवलाई घटना स्थलको नजिकै राखीएको र प्रहरीको मुजुल्का पछी शव पोष्टमार्टमको लागी राप्ती प्रादेशीक असपताल तुलसीपुर लग्ने तयारी भइरहेको पहरीले बताएको छ । उनीहरु दुबैजना नुहाउने क्रममा शनिबार दिउसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका थिए ।