
Pbu
Sds
Anm
Rbs
Gmk
Gisld
gst
mbd
Ksm
Mbdvs

Bbbpu
Tsm
Vor
Ksm
Sls
Gst
Hal
Ggd
Wsp
Rgu
Sbs
nsb
Rsb
Rgs
Pvg
Bbu
Asm
Rgu
Ssm

Jmb
Jmb
Abd
Rmb
Gsb
Pls
sab
bbt
Ptm
Mks
Bml
Rpp
Syp
दाङ । देउखुरीको गढवा गाउँपालिकाको सकृयता र पहलमा इलाका प्रशासन कार्यालय लमही र स्थानीय संघ संस्थाहरुसंगको समन्वय सहकार्यमा बुधवार गढवा बजारका पसलहरु अनुगमन गरिएको गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन संयोजक शारदा कुमारी चौधरीले जानकारी दिनुभयो ।
सो क्रममा गढवा बजारका कुल १४ पसलहरु अनुगमन गरिएको र बिभिन्न चारवटा पसलहरुबाट म्याद गुजे्रको जिरा,बेसन,चिप्स,हर्पिक,हर्लिक्स, बोनभिटा,नमकिन,गोल्ड मसलाहरुका प्याकेट, चियापत्ति,तरकारीका बिउहरु र किटनासक औषधी बरामद गरिएको गाउँपालिकाले जनाएको छ ।
आउँदै गरेको दशैं तिहारलाई लक्षित गरि उपभोक्ताहरुको् सहजताका लागि बजार अनुगमन गरिएको र प्रत्येक चौमासिकमा यो अभियानलाई तिब्रता दिईने गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनुभयो । अनुगमनको क्रममा एक मासुपसलमा मापदण्ड बिपरित फोहर देखिएको र तिनदिनभित्र सुधार नभएमा बन्द गर्न बाध्यहुने समेत बताईएको छ ।
त्यस्तै अनुगमनको क्रममा केहि पसलहरुमा म्याद गुजे्रको सामान फेला परेको,कत्तिले दर्ता तथा नविकरण नगरेको र कैयन पसलहरुमा मुल्यसुची नराखिएको पाइएको टठोलिले जनाएको छ । सो क्रममा अन्तःशुल्क र आयकर बुझाउन,दर्ता तथा नविकरण गर्न,खरिद तथा बिक्रीबिल राख्न,मुल्यसुची तथा बोर्ड राख्न,नापतौलका सामाग्री नविकरण र प्रमाणिकरण गर्न,खाद्य र अखाद्य सामाग्री अलग राख्न तथा सरसफाईको मापदण्ड बमोजिम ब्यवसाय संचालन गर्न सुझाइएको थियो ।
अनुगमन टिममा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल,उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आषिस चौधरी,ईलाका प्रशासन कार्यालयका प्रतिनिधी बामदेव गिरी,ईलाका प्रहरी प्रतिनिधी,वडा नम्बर ६ का वडा अध्यक्षहरु बिरबहादुर आले,वडा नम्बर ४ का वडा अध्यक्ष हरिभगत चौधरी,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगर,कृषि शाखा प्रमुख कर्ताराम यादव,पशुसेवा शाखाका प्रमुख अनन्तराज रेग्मी,गढवा होटल व्यवसायी संघका अध्यक्ष दयाराम थापा,कर्मचारीहरु शुरेस पौडेल,कृष्ण पौडेल,प्रेरणा चन्द,उमानाथ यादव र पत्रकार महासंघका प्रतिनीधीहरु शिबराज पन्थी र दुखहरण यादव लगायतको सहभागिता रहेको थियो ।
