दाङ । देउखुरीको गढवा गाउँपालिकाको सकृयता र पहलमा इलाका प्रशासन कार्यालय लमही र स्थानीय संघ संस्थाहरुसंगको समन्वय सहकार्यमा बुधवार गढवा बजारका पसलहरु अनुगमन गरिएको गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन संयोजक शारदा कुमारी चौधरीले जानकारी दिनुभयो ।सो क्रममा गढवा बजारका कुल १४ पसलहरु अनुगमन गरिएको र बिभिन्न चारवटा पसलहरुबाट म्याद गुजे्रको जिरा,बेसन,चिप्स,हर्पिक,हर्लिक्स, बोनभिटा,नमकिन,गोल्ड मसलाहरुका प्याकेट, चियापत्ति,तरकारीका बिउहरु र किटनासक औषधी बरामद गरिएको गाउँपालिकाले जनाएको छ ।
आउँदै गरेको दशैं तिहारलाई लक्षित गरि उपभोक्ताहरुको् सहजताका लागि बजार अनुगमन गरिएको र प्रत्येक चौमासिकमा यो अभियानलाई तिब्रता दिईने गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनुभयो । अनुगमनको क्रममा एक मासुपसलमा मापदण्ड बिपरित फोहर देखिएको र तिनदिनभित्र सुधार नभएमा बन्द गर्न बाध्यहुने समेत बताईएको छ ।
त्यस्तै अनुगमनको क्रममा केहि पसलहरुमा म्याद गुजे्रको सामान फेला परेको,कत्तिले दर्ता तथा नविकरण नगरेको र कैयन पसलहरुमा मुल्यसुची नराखिएको पाइएको टठोलिले जनाएको छ । सो क्रममा अन्तःशुल्क र आयकर बुझाउन,दर्ता तथा नविकरण गर्न,खरिद तथा बिक्रीबिल राख्न,मुल्यसुची तथा बोर्ड राख्न,नापतौलका सामाग्री नविकरण र प्रमाणिकरण गर्न,खाद्य र अखाद्य सामाग्री अलग राख्न तथा सरसफाईको मापदण्ड बमोजिम ब्यवसाय संचालन गर्न सुझाइएको थियो ।
अनुगमन टिममा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल,उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आषिस चौधरी,ईलाका प्रशासन कार्यालयका प्रतिनिधी बामदेव गिरी,ईलाका प्रहरी प्रतिनिधी,वडा नम्बर ६ का वडा अध्यक्षहरु बिरबहादुर आले,वडा नम्बर ४ का वडा अध्यक्ष हरिभगत चौधरी,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगर,कृषि शाखा प्रमुख कर्ताराम यादव,पशुसेवा शाखाका प्रमुख अनन्तराज रेग्मी,गढवा होटल व्यवसायी संघका अध्यक्ष दयाराम थापा,कर्मचारीहरु शुरेस पौडेल,कृष्ण पौडेल,प्रेरणा चन्द,उमानाथ यादव र पत्रकार महासंघका प्रतिनीधीहरु शिबराज पन्थी र दुखहरण यादव लगायतको सहभागिता रहेको थियो ।