
Ksm
Rbs
Gisld
Sds
Pbu
gst
Anm
Mbdvs
mbd
Gmk

Sls
Rgs
Rsb
Bbu
Rgu
Pvg
Ksm
Gst
Sbs
Asm
Hal
Wsp
Bbbpu
Vor
Rgu
Ggd
Tsm
nsb
Ssm

Ptm
Jmb
Rmb
Bml
Syp
Abd
Jmb
Mks
bbt
Rpp
Pls
sab
Gsb
दाङ । देउखुरीको लमही नगरपालिकाले ब्यबसायलाई बैधानिक्ता दिन नगर अन्तरगतका ब्यबसायहरुको दर्ता तथा नबिकरणलाई तिब्र पारेको छ ।
लमही नगरपालिकाले ब्यबसायीहरुको सहजतालाई मध्यनजर गर्दै आईतबारदेखी दर्ता तथा नबिकरणको शिविर सञ्चालन गरेको हो । प्रत्यक वडाहरुमा क्रमबद्ध तरिकाले शिविर सञ्चालन गरिने लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।
देउखुरी उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्सको सहकार्यमा दर्ता तथा नबिकरणको प्रक्रिया थालनी गरिएको हो । आफ्नो ब्यबसायको सुरक्षा र हकहितका निम्तीपनि ब्यबसाय अनिबार्य दर्ता तथा नबिकरण गरिनुपर्ने अधिकृत श्रेष्ठले बताए । लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा शिबिरको उद्घाटन गर्दै श्रेष्ठले घरघरमा सिँह दरबारको अनुभूति दिलाउन तथा ब्यबसायीको ब्यस्ततालाई मध्यनजर गरी वडा वडामा शिविर सञ्चालन गरिएको जानकारी दिए ।
त्यस्तै ब्यबसायीबाट संकलित राजस्वले सरकार सञ्चालनमा प्रमुख भुमिका निर्बाह गर्ने भएकाले अनिबार्य ब्यबसाय दर्ता तथा निवकरण गर्न सम्पुर्ण ब्यबसायी लाई अनुरोध गरे । बिभिन्न क्षेत्रबाट सँकलन भएका राजस्वहरु बाटै समृद्धीको ढोका खुल्ने र गाउँ टोल र देशको बिकाश सम्भब हुने भएकाले बैधानिक भएर ब्यबसाय गर्नुपर्ने धारणा ब्यक्त गरे ।
असोज मसान्त भित्रमा ब्ययसाय दर्ता तथा नबिकरण गरेमा लाग्ने शुल्कमा १० प्रतिसत छुट हुने नगरपालिकाले जनाएको छ । लमही नगरपालिका राजस्व शाखा प्रमुख लक्ष्मी सुबेदीले प्रत्यक वडामा आयोजना हुने शिविर मार्फत फाईदा उठाउँदै आफ्नो ब्यबसायलाई बैधानिक्ता दिन सम्पुर्ण ब्यबसायीलाई दर्ता तथा नबिकरण गर्न अनुरोध गरिन ।
आईतबारदेखी शुरु भएको शिविर क्रमबद्ध तरिकाले यही असोज ११ गते वडा नम्बर ५, ६ र ७, १२ गते वडा नम्बर ५, ४ र ६, १३ गते वडा नम्बर २, ३ र ४, १४ गते वडा नम्बर १, २ र ३ मा सञ्चालन हुने लमही नगरपालिकाका प्रशासन प्रमुख महेश थापा ठेडीले जानकारी दिए । वडा नम्बर ८ र ९ बाट शिबिरको थालनी गरिएको हो । कार्यापालिका सदस्य पार्बती बिकको अध्यक्षता तथा लमही नगरपालिकाका प्रशासकिय अधिकृत देबेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा शिबिरको उद्घाटन गरिएको हो । प्रशासन प्रमुख महेश थापा ठेडीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन राजस्व शाखा प्रमुख लक्ष्मी सुबेदीले गरेकि हुन ।
त्यस्तै शिबिरमा लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मनोज चौधरी, देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष केशबराज पोखरेल, लमही चेम्बर अफ कमर्सका महासचिब केशबराज अधिकारी, वडा कर्मचारी,पत्रकार लगायतको उपस्थिती थियो । शिबिर सञ्चालन अघि वडा नम्बर ९ र ८ अन्तरगतका बजार तथा टोलहरुमा ‘तपाईको दर्ता छ?’ प्रश्न सहित परिक्रमा गरिएको थियो ।
