
Pbu
Rbs
Gisld
Anm
mbd
gst
Ksm
Mbdvs
Sds
Gmk

Bbu
Rgs
Rgu
Bbbpu
Pvg
Sbs
Ssm
Vor
Tsm
Gst
Asm
nsb
Sls
Rgu
Hal
Wsp
Ggd
Rsb
Ksm

Jmb
Rpp
Syp
Abd
sab
Rmb
Bml
Ptm
Pls
bbt
Gsb
Jmb
Mks
दाङ । नेपाल मगर संघ दाङ जिल्लाको ११ औं जिल्ला अधिवेशनका सम्पूर्ण औपचारिक कार्यक्रमहरु शनिबार घोराही स्थित नेपाल मगर संघ भवनको पराङ्गनमा सम्पन्न भएको छ ।
संघका दाङ जिल्ला अध्यक्ष खलु प्रसाद पुन मगरको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा सुनछहरी गाउँपालिका रोल्पाका अध्यक्ष धन बहादुर पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको ११ औं अधिवेशन कार्यक्रममा प्रमुख अतिथि पुन मगरले मगर संघको लागि आफू जलेर मगर सामुदायलाई उज्यालो दिनमा सबै आ-आफ्नो स्थानबाट तत्पर रहनु पर्ने बताउनु भयो ।
त्यस्तै उहाँले आफ्नो गाउँपालिकामा आफू निर्वाचित भएर आइसकेपछि मगर खाम पाङको भाषाको सरकारी काम काजमा समाबेश गर्न र आउदो शैक्षिक सत्रबाट पालिकाका प्रत्येक विद्यालयमा कक्षा सन्चालन गर्ने जमर्कोमा रहेकोे बताउनु भएको थियो । यस्तै अध्यक्ष पुन मगरले उक्त कार्यक्रम संचालन गरिसकेपछि,सो कार्यक्रमको बारेमा सार्बजनिक सुनाई गर्ने लगायतका भनाइहरु राख्नु भएको थियो ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दर्जित रोका मगर,नेपाल मगर संघ लुम्बीनि प्रदेशका पदाधिकारी,निबर्तमान मगर संघ सल्लाहकारहरु, पुर्ब मगर संघ,पुर्ब दाङ जिल्ला सचिब कर्ण बहादुर बुढा मगर पुर्ब सतबहादुर रोका मगर,बलबद्र कुसारी मगर,लगायत सुरक्षा कर्मी,पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रको अधिवेशनमा विभिन्न बुद्धिजीवी इतिहासकार बक्ताहरुको भनाई निकै समय सान्दर्भिकका साथै समानुपातिक,समाबेशिक,लैङ्गिक समान्ता,मकाम गर्ने मगर पदाधिकारी होस भन्ने भनाईहरु राख्नु भएको थियो । अहिलेसम्म जानकारहरुले दाङ जिल्लला मगर संघ गठन भएको ४५ वर्ष पूरा गरि सकेको बताउछन । ११ जना मगर अध्यक्षहरुको कार्यकाल पूरा भएको मगर अगुवाहरु बताउछ्न ।
पुर्व दाङ जिल्ला उपाध्यक्ष दिल्लीराज घर्ती मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दाङ जिल्ला सचीव मुक्त बुढा मगरले गर्नु भएको थियो । त्यस्तै बन्द सत्र अधिवेशन आइबार आज हुने आयोज टिमले बताएको छ । साथै उक्त कार्यक्रमका सहभागीले हाम्रो होइन राम्रो मगरको नेतृत्व गर्ने खालको नेतृत्व चुन्ने लगायतका कुराहरु बताउनु भएको थियोे ।
