
Pbu
Mbdvs
Gisld
Rbs
Gmk
Ksm
Sds
gst
mbd
Anm

Tsm
Rgu
Rsb
Vor
Pvg
Sls
Rgs
Bbu
Gst
Sbs
Asm
Wsp
Ssm
Bbbpu
nsb
Ggd
Ksm
Hal
Rgu

Jmb
Abd
Jmb
Gsb
Ptm
Rmb
Pls
Rpp
Mks
bbt
sab
Bml
Syp
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा यात्रुवाहक बस शनिबार दिउसो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् ।
बुद्धभूमि नगरपालिका वडा नम्बर ९ र ४ को सिमा क्षेत्र स्थित पुर्व पश्चिम राजमार्गमा काठमाडौंबाट दाङका लागि जाँदै गरेको ना ७ ख ५९५९ नम्बरको यात्रुबाहक बस पुर्व तर्फ आउँदै गरेको एक ट्रकसँग ठोक्किएको गोरुसिँगे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार बसमा सवार ३२ जना यात्रु घाइते भएका छन् । उनीहरु मध्ये १२ जनाको जिल्ला अस्पताल तौलिहवामा उपचारका लागि पठाइएको छ भने अन्य २० जनाको बुद्धभुमि स्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
घाइतेहरुको अवस्था अझै एकिन हुन नसकेको पनि डिएसपी घलेले बताएका छन् । मृतकको पहिचान हुन नसकेको जनाइएको छ । झडुलामाइ मन्दिर नजिकैको घुमौरो सडकमा सो दुर्घटना भएको बताइएको छ ।
