
Mbdvs
Gmk
Ksm
Gisld
Rbs
Pbu
mbd
Sds
Anm
gst

Hal
Bbu
Ssm
nsb
Rgu
Rgs
Pvg
Sls
Rsb
Sbs
Asm
Tsm
Ksm
Ggd
Gst
Wsp
Bbbpu
Rgu
Vor

Ptm
Jmb
Mks
bbt
sab
Pls
Bml
Syp
Rpp
Gsb
Jmb
Abd
Rmb
दाङ । गढवा गाउँपालिका स्तरिय सहकारी सन्जालको दोस्रो बैठक शुक्रबार गढवामा सम्पन्न भएको छ।
सहकारी संजालका अध्यक्ष बेगम गहतराजको अध्यक्षतामा शुक्रवार बसेको बैठकले आउदै गरेको वडा दशै, तिहार र छठ पर्वको पावन अवसरमा सबैमा सुभकामना आदानप्रदान गरेको छ ।
साथै बैठकले महत्वपूर्ण निर्णयहरु गरेको जनाएको छ । सम्पन्न बैठकले गढवा गाउँपालिका भित्र सञ्चालित सबै सहकारी संघ संस्थाहरुलाई समयमा अडिटिङ गर्न, साधारण सभा सम्पन्न गर्न, कर्मचारी सहितको मासिक बैठक बस्न, पौष मसान्त सम्म कोपोमिस प्रबिष्ट गरी सम्पन्न गर्न, विनियम संशोधन र कार्यबिधि साधारणसभा बाट पारित गराउन र सम्पति सुद्धिकरण गर्न निर्देशन गर्ने निर्णय गरेको सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले जानकारी दिनु भयो। साथै कृषकहरुलाई समयमा मलखाद उपलब्ध गराउन सहजताका लागि गढवा गाउँपालिका सँग समन्वय गर्ने, सबै सहकारिलाई समेटेर गढवा गाउँपालिका संग दशै लगत्तै बृहत् अन्तरक्रिया आयोजना गर्ने लगाएतका निर्णयहरु भएको अध्यक्ष गहतराजले जानकारी दिनु भयो ।
त्यस्तै बैठकमा सञ्जालकी उपाध्यक्ष कमला आचार्य,सचिव कैलाश चौधरी,सह-सचिव रेखा थापा,कोषाध्यक्ष अशोक केसी र सदस्यहरूमा पट्वारी यादव,देव किशोर चौधरी,हुमाकान्त सुबेदी, दामोदर ढुङगाना,रिना चौधरी, कमल कुमारी कुमाल, शिवराज पन्थी,नारायण भुषाल,सल्लाहकार समितिका संयोजक हेमराज अधिकारी सदस्यहरु सकुन्तला डिसी,राम प्रकाश यादव,तुला बहादुर सिंह ठकुरी त्यसैगरी लेखा समितिका संयोजक ओम प्रकाश थारु कुमाल को उपस्थिति रहेको थियो। त्यसैगरी कानुनी सल्लाहकार उमाकन्त पन्त र प्रेस सल्लाहकार उमानाथ यादव लगाएतकाको उपस्थिति रहेको थियो।
