
Pbu
gst
mbd
Ksm
Anm
Rbs
Mbdvs
Gisld
Gmk
Sds

Hal
Rgs
nsb
Ggd
Sbs
Bbbpu
Pvg
Rsb
Ksm
Sls
Vor
Asm
Tsm
Rgu
Ssm
Rgu
Gst
Bbu
Wsp

Abd
Gsb
Mks
Bml
Rpp
bbt
Ptm
Pls
Rmb
Jmb
Syp
sab
Jmb
दाङ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर चुनावी खर्च विवरण नबुझाउँदा जनप्रतिनिधिहरु जरिवानामा परेका छन् ।
निर्वाचन आयोगले समयमै चुनावी खर्च विवरण नबुझाएको भन्दै लुम्बिनी प्रदेशका ६६ जना पालिका प्रमुखहरुको नाम सार्वजनिक गर्दै जरिवाना तोकेको छ । लुम्बिनी प्रदेशमा निर्वाचन खर्च नबुझाएर जरिवानामा परेका उपमहानगरपालिका,नगरपालिका र गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरु नाम लिष्ट लामै छ ।
प्रदेशभरका ४ वटा उपमहानगरपालिका र ३२ नगरपालिका र ७३ गाउँपालिकाका गरी कुल एक सय नौं पालिका छन् । ती मध्ये निर्वाचन खर्च नबुझाउदा ६६ जना पालिका प्रमुख जरिवानामा परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार रुपन्देहीमामात्र १५ जना पालिका प्रमुख जरिवानामा परेका छन् । लुम्बिनी प्रदेशमा रहेका चार वटा उपमहानगर मध्ये घोराही र तुलसीपुर उपमहानगरपालिका प्रमुखले खर्च विवरण बुझाएका छन् । बुटवल र नेपालगञ्ज उपमहानगरपालिका प्रमुखले भने चुनावी खर्चविवरण नबुझाउँदा जरिवानामा परेका हुन् ।
नेपाली कांग्रेसबाट निर्वाचित बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय र नेपालगञ्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्ट समयमै निर्वाचन खर्च विवरण नबुझाउँदा जरिवानामा परेका छन् । उपमहानगरपालिका प्रमुखलाई निर्वाचन आयोगले जनही पाँच लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । लुम्बिनी प्रदेशमा निर्वाचन खर्च विवरण नबुझाउने नगरपालिकाका प्रमुख पनि छन् । प्रदेशभर ३२ वटा नगरपालिका मध्ये २५ वटाका पालिका प्रमुखले निर्वाचन खर्च विवरण नबुझाउँदा जरिवानामा परेका छन् ।
निर्वाचन खर्च नबुझाउने गुल्मीको मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेल जीवन (एमाले), प्युठानको प्युठान नगरपालिका प्रमुख विष्णुबहादुर योगी (माओवादी केन्द्र), स्वर्गद्वारी नगरपालिका प्रमुख टेकप्रसाद भण्डारी (काँग्रेस) र दाङको लमही नगरपालिका प्रमुख जोगराज चौधरी (काँग्रेस) रहेका छन् । बाँकेको कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्य, बर्दियाको सन्दिखर्क नगरपालकिा प्रमुख कृष्ण प्रसा श्रेष्ठ (एमाले), सितगंगा नगरपालिका प्रमुख छविलाल पौडेल (काँग्रेस)ले पनि निर्वाचन खर्च बुझाएका छैनन् ।
त्यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप शाहा (काँग्रेस), वाणगंगा नगरपालिका प्रमुख चक्रपाणी आचार्य (एमाले), बुद्धभूमी नगरपालिका प्रमुख मीरा थारु (एमाले), महाराजगंज नगरपालिका प्रमुख अब्दुलकलाम मुसलमान (काँग्रेस), शिवराज नगरपालका प्रमुख अजय थापा (राप्रपा) रहेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका प्रमुख सम्भुलाल श्रेष्ठ (काँग्रेस), रामग्राम नगरपालिका प्रमुख धनपत यादव (एमाले), सुनवल नगरपालिका प्रमुख विमला अर्याल (एमाले), पाल्पाको तानेसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठ (काँग्रेस), रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापा (काँग्रेस)ले पनि जरिवानामा परेका छन् ।
यस्तै रुपन्देहीको देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेल (एमाले), लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख सजरुद्धीन मुसलमान (काँग्रेस), सिद्धार्थ नगरपालिका प्रमुख इश्तियाक अहमद खान (काँग्रेस), सैनामैना नगरपालिपका प्रमुख फणेन्द्र प्रसाद शर्मा (काँग्रेस) पनि जरिवानामा परेका छन् । निर्वाचन आयोगले नगरपालिका प्रमुखहरुलाई ४ लाख ५० हजार जरिवाना तोकेको छ ।
त्यस्तै प्रदेश भरसबै भन्दा धेरै गाउँपालिका प्रमुख जरिवानामा परेका छन् । प्रदेशभर कुल ७३ गाउँपालिका मध्ये ४३ वटा पालिकाका प्रमुख जरिवानामा परेका छन् । आयोगले गाउँपालिका प्रमुखलाई ३ लाख ५० हजार रुपैया जरिवाना तोकेको छ ।अनलाइनखबर
