दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगतका सरकारी तथा गैरसरकारी संघ-संस्थाले अबदेखि प्रत्येक हप्ताको शुक्रबार आफ्नो कार्यालय परिसर भित्रमा सरसफाइ गर्नु पर्ने भएको छ ।
राजपुर गाउँपालिकाको यहीँ असोज महिनाको २ गते आइतबारको दिन गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
अबदेखि सम्बन्धित निकायका कर्मचारीले प्रत्येक हप्ताको शुक्रबार आफ्नो कार्यालय परिसर भित्र अनिवार्य रुपमा सरसफाइ गरेको फोटो सहित गाउँपालिकाको ईमेल र म्यासेन्जरद्वारा पठाएर जानकारी गराउनु पर्ने गाउँपालिकाका सूचना अधिकारी शरद रेग्मीले जानकारी दिनु भयो । त्यस्तै भोलि शुक्रबारदेखि राजपुरका सरकरी तथा गैरसरकारी संघ- संस्थाका सम्पूर्ण कर्मचारीलाई सरसफाइ अभियानमा जुट्न र गाउँपालिकाको निर्णयलाई कार्यनयन गर्न गाउँपालिका अध्यक्ष बुढाथोकीले आग्रह गर्नु भएको छ ।