
Mbdvs
Sds
Ksm
mbd
Pbu
gst
Rbs
Gisld
Anm
Gmk

Sbs
Ksm
Wsp
Pvg
Gst
Asm
Bbu
Rgu
Ssm
Rsb
Rgu
nsb
Rgs
Bbbpu
Vor
Hal
Sls
Tsm
Ggd

Bml
Jmb
Mks
Rpp
Jmb
Ptm
Rmb
Pls
sab
Gsb
bbt
Syp
Abd
कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुले निर्वाचन आयोग कार्यालय कपिलवस्तुलाई जनप्रतिनिधिले तिर्ने जरिवाना अस्वभाविक भन्दै ज्ञापन-पत्र बुझाएको छ ।
२०७९ सालमा सम्पन्न भएको स्थानीय चुनावमा जनप्रतिनिधिहरुलाई ३० दिनभित्रै निर्वाचन आयोगमा बुझाउनु पर्ने चुनाव खर्च विवरण कारणबस समयमा बुझाउन नसकेका उम्मेदवारहरुको नाम निर्वाचन आयोगले सार्वजनिक गर्दै अस्वाभाविक,अव्यवहारिक जरिवाना निर्धारित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले बताएका छन् । राप्रपा बुधबार पार्टीले निर्वाचन आयोग कपिलवस्तु मार्फत निर्वाचन आयोग नेपाल केन्द्रीय कार्यालय कान्तिपथ काठमान्डौँका आयुक्तलाई ज्ञापन-पत्र बुझाइएकाे अध्यक्ष सिंहले जनाए ।
त्यस्तै ‘निर्वाचन आयोगले २०७९ को स्थानीय तहमा विभिन्न पदका उम्मेदवारहरुले समयमा खर्च विवरण बुझाउन नसकेको समय गुजरेको अवस्थामा निर्धारण गरिएको जरिवाना अस्वाभाविक, अव्यवहारिक र सामाजिक न्यायको सिद्धाञ्त विपरित छ’ । भनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
राप्रपाले खर्च विवरणको बहानामा निर्वाचनमा उम्मेदवार बन्नबाट वन्चित गरिनु अव्यवहारिक भएको बताउँदै अत: निर्वाचन आयोगले आफ्नो निर्णय अबिलम्ब व्यवहारिक बनाउन आवश्यक संसोधन गर्न वा फिर्ता लिन निर्वाचन आयोग समक्ष माग पेश गरिएको जनाएको छ । आयाेगले यस माथि ध्यान आकर्षण भएन भने राष्ट्रिय प्रजातन्त्र पार्टीले कानुनी उपचार खोज्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुका जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, वरिष्ठ उपाध्यक्ष इद्रीस मोहम्मद मुसलमान, जिल्ला प्रवक्ता भुमिराम गिरी, लुम्बिनी प्रदेश सदस्य देवेन्द्र करण श्रीवास्तव, उपाध्यक्ष चन्द्र भण्डारी, रामु शर्मा, घनश्याम बरइ, सानु धोबी, विजय लक्ष्मी सिंह लगायत नेता तथा कार्यकर्ताहरुकाे एक टाेली जिल्ला निर्वाचन आयाेगकाे कार्यालयमा ज्ञापनपत्र बुझाउन पुगेकाे थियाे ।
