Sidha Patra मंगलबार, आश्विन ०४, २०७९

दाङ । संविधान दिवसको अवसरमा सोमबार तुलसीपुर कारागारबाट १७ जना र घोराही कारागारबाट १० जना गरी २७ जना कैदीबन्दीको कैद मिनाह भएको हो । कैद मिना हुनेमा दुई महिला र २५ पुरुष रहेको रहेका छन् । घोराही कारागारका जेलर बासुदेव खनालका अनुसार १० जना ४० प्रतिशत कैद भुक्तान गरेका, १६ जना ५० प्रतिशत कैद मिनाह गरेका र एक जनालाई आम माफी दिइएको हो ।

कैद मिनाह हुनेमा सबैभन्दा बढी कर्तव्य ज्यान मुद्धाका छन् । आम माफीसहित १५ जना कर्तव्य ज्यान मुद्धाका कैदीको बाँकी कैद मिनाह भएको जेलर खनालले जानकारी दिए । सवारी ज्यान अंगभंग,सवारी ज्यान,सवारी ज्यान तथा हातहतियार खरखजना,नकवजनी चोरी,सरकारी कागज किर्ते, ज्यान मार्ने उद्योग र बहुविवाह लगायतका मुद्धाका कैदीबन्दीको कैद मिनाह भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरबाट ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गरेकी छिन् ।

दाङमा २७ कैदीबन्दीको कैद मिनाहा संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली,२०७६ मा मन्त्रि परिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका ६८१ को कैद कट्टा गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसकै अवसरमा २२ जनाको कैद, दण्ड, बिगो, सर्वस्वलगायतको जरिवाना मिनाहा भएको छ । संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]