
mbd
Sds
Gisld
Ksm
gst
Pbu
Rbs
Gmk
Mbdvs
Anm

Bbbpu
Vor
Tsm
Rgs
Asm
Ksm
Sls
Gst
Ggd
nsb
Pvg
Rgu
Ssm
Sbs
Hal
Wsp
Rsb
Rgu
Bbu

Bml
Rpp
Abd
Pls
Rmb
Ptm
Mks
bbt
Syp
Jmb
Gsb
Jmb
sab
दाङ । जनपत्रकार संगठन नेपाल दाङले जिल्ला सह-सचिव दोर्ण केसिलाई कार्वाही गरेको छ । संगठनका जिल्ला अध्यक्ष एवं केन्द्रीय समिति सदस्य हेमन्त प्रकाश वलीले आज एक प्रेस बिज्ञप्ति जारीगरि कारवाही गरिएको जनाएका छन् ।
बिज्ञप्तिमा संगठन जिल्ला सह-सचिव केसिले संगठनको नीति,बिधि र प्रक्रिया विपरीत आर्थिक हिनामिना गरेको, सहयोग रसिद बिनानै आर्थिक संकलन गरि चरम आर्थिक अपचलन गरेको र उक्त रसिद बिनानै उठाएको रकम फिर्ता गर्न वा रसिद प्रदान गर्न व्यवसायीहरुले गरेको आग्रहलाइ अटेर गरि उल्टै धम्क्याउने,थर्काउने जस्ता निकृस्ट कार्य गरेकाले संगठनको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको जनाएइको छ। साथै बिज्ञप्तिमा संगठनको नाममा हिनामिना गरेको सम्पूर्ण रकम यथासिघ्र फिर्ता गर्न चेतावनी समेत दिइएको छ।
बिज्ञप्तिको पुरापाठ:
विषय : कारवादी समबन्धमा।
हाम्रो लोकप्रिय संगठन जनपत्रकार संगठन,नेपाल प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको पक्षमा,मानवअधिकारको रक्षा र वैज्ञानिक समाजवादका लागि जनपत्रकारिताको अभियानमा निरन्तर संघर्षरत रहेको सवैलाई सर्वबिदितै छ। दाङमा पनि हाम्रो संगठनले प्रेस तथा अभिव्यकी स्वतन्त्रताको सुनिश्चितता. श्रमजिवी पत्रकारको हकहित र जनपक्षिय पत्रकारिताको विकासमा प्रतिवद्द रहदै आफ्ना कामकारवाही अगाडी बढाइएको छ। यसैक्रममा हिजो बेलुका संगठनका जिल्ला सह-सचिव दोर्ण केसीले सामाजिक संजाल फेसबुक मार्फत संगठन त्यागेको स्टाटसप्रति हाम्रो ध्यानाकर्षण भएको छ। निज केसीले विगत देखि संगठनमा रहेर आर्थिक अराजकता मच्चाएको सहयोग रसिद बिनानै आर्थिक संकलन गरी अपचलन गरेको प्रमाणसहित भेटिएपछि निजलाई हिजो असोज २ गते साँझ ४ बजेभित्र लिखित स्पष्टीकरण जवाफ मागिएको थियो। तर केसीले निखित स्पष्टीकरण नदिइ सामाजिक संजाल फेसबुक मार्फत संगठन त्यागेको घोषणा गरेको पाइयो।
हाम्रो संगठन निज दोर्ण केसीलाई संगठनको निति, विधी र प्रक्रिया विपरीत आर्थिक हिनामिना गरेको सहयोग रसिद विनानै आर्थिक संकलन गरी चरम आर्थिक अपचलन गरेको र उक्त रसिद विनानै उठाएको रकम फिर्ता गर्न वा रसिद प्रदान गर्न व्यवसायीहरूले गरेको आग्रहलाई अटेर गरी उल्टै धम्क्याउने, थर्काउने जस्ता निकृस्ट कार्य गरेकाले आजका मितिदेखी संगठनको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको छ । साथै संगठनको नाममा हिनामिना गरेको सम्पूर्ण रकम यथासिघ्र फिर्ता गर्न चेतावनी समेत दिन चाहान्छौं ।
हेमन्त प्रकाश वली
अध्यक्ष
एवं केन्द्रीय समिति सदस्य
