
Rbs
Gmk
Mbdvs
gst
Pbu
Gisld
Ksm
mbd
Anm
Sds

Ksm
Rgu
Sbs
Rgs
Tsm
Gst
Bbbpu
Wsp
Pvg
nsb
Ggd
Bbu
Ssm
Rsb
Hal
Asm
Vor
Rgu
Sls

Gsb
Rpp
Bml
Jmb
bbt
sab
Ptm
Mks
Jmb
Pls
Abd
Syp
Rmb
दाङ । दाङको प्युठान- भालुवाङ सडक खण्डको बगासोतीमा अवरुद्ध सडक एकतर्फी सुचारू भएको छ ।
३ दिनदेखि परेको अविरल वर्षाले १ वर्ष अगाडि भाँसिएको सडक अझ भाँसिए पछि आज विहानै देखि अवरुद्ध सडक दिउँसो करिव १ बजे एकतर्फी सुचारू भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।
भाँसिएको सडकमा ट्रक फसेर अवरूद्व सडक खुलाउन विहानै देखि प्रहरी, सडक डिभिजन कार्यालय र जनप्रतिनिधि लागेका थिए । सडक अवरुद्ध हुँदा भालुवाङ देखि प्युठान जाने गाडी र प्युठान देखि भालुवाङ आउने गाडी र यात्रु बीच बाटोमै अलपत्र परेका थिए । अवरुद्ध बाटोको अवस्था बुझ्न राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का,वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चाैधरी,पत्रकार ओमप्रकाश गुप्ता गएका थिए ।
सडक भाँसिएको १ वर्ष भइसकेको छ । तर यो सडक बन्ने परको कुरा हो सामान्य मर्मत समेत गरिएको छैन । सडक भाँसिएर मर्मत नहुँदा दुर्घटनाको जोखिम समेत बढेको छ । पुन:सडक भाँसिएर मर्मत नहुँदा पुन सडक भाँसिएर सवारी साधानहरुलाई आवात जावतमा निकै सास्ती खेस्नु परेको छ । राप्ती नदि माथीबाट पहाडसँगै सडक भाँसिएको छ ।
त्यस्तै हरेक दिन यो सडक भएर यात्रा गर्दा धेरै समस्या भोग्नु परेको प्युठान सरुमारानी गाउँपालिका वडा नं १ का बामदेव भण्डारीले बताए । ‘हरेक दिन यही सडक भएर लालमटियामा रहेको कार्यालय जानु पर्छ, कहिलेकाँही फर्कदा राती पर्छ ।” उनले भने ‘रातको समय,जङ्गलको यात्रा त्यस माथी भाँसिएको सडक रातको समय अझ बढी समस्या हुन्छ ।
यस्तै कतिपय सवारी साधनहरुले भाँसिएको ठाउँमा यात्रुलाई झारेर गाडी पार गराउनु पर्ने अवस्था रहेका छ । ‘सडक भाँसिएको १ वर्ष भइसकेको छ,तर सडक मर्मत कहिले हुने हो थाहा छैन” भण्डारीले भने । यही सडक भएर दैनिक सयौंको संख्यामा भारतीय तिर्थालुहरु स्वर्गद्धारी दर्शन गर्न जाने गरेका छन् । तर सडक भाँसिएको १ वर्षसम्म पनि मर्मत भएको छैन ।
