कपिलवस्तु । कपिलवस्तु जिल्लाको विओपी कृष्णनगरले कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट ३.९ के. जी. चरेस जस्तो देखिने कालो पदार्थ सहित एक युवक पक्राउ परेका छन् ।
विओपी कृष्णनगर प्रमुख सशस्त्र प्रहरी निरिक्षक योगेन्द्र केसीको कमाण्डमा खटिएको टोलीले शनिवार साझ ४ बजे नेपाल बाट भारत जाने क्रममा सो व्यक्ति लाई संका लागि सोधपुछ खान तलासी गर्दा चरेस सहित पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका व्यक्ति दाङ जिल्लाको घोराही उपमहानगर पालिका वडा नं १० नरैनापुर बस्ने २७ वर्षिय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक मेघराज जोसीले बताए ।
पक्राउ गरिएको व्यक्तिलाई इलाका प्रहरी कार्यालय कृष्णनगरको जिम्मा लगाइएको र पक्राउ परेका व्यक्तिबाट थप अनुसंधान प्रकृया अगाडि बढाइएको जानकारी प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेले बताए ।