
Srbpu
Ggp
pku
Rgp
Sgr
Unsku
Pbu
Lnp
Rgp1

Ksm
Rsb
Bbu
Ggd
Tsm
nsb
Rgu
Hal
Wsp
Ssm
Bbbpu
Rgu
Gst
Sls
Rgs
Asm
Vor
Sbs
Pvg

bbt
Rmb
Mks
Gsb
Ptm
Abd
Syp
Rpp
Jmb
sab
Jmb
Bml
Pls
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा नव प्रमुख प्रशासकीय अधिकृत बिष्णु कुमार पाण्डेलाई एक कार्यक्रमको बीचमा बुधबार स्वागत गरिएको छ ।
राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा अध्यक्ष बुढाथोकीले प्रमुख प्रशासकीय अधिकृत पाण्डेलाई स्वागत गर्दै अब राजपुर गाउँपालिकाको काम कार्यले क्रमशः गति ल्याउने बताउनु भएको छ ।
राजपुर गाउँपालिकाको भौगोलिक बनोटले पनि धेरै ठुलो रहेको र यहाँको विकास निर्माणको काम कार्य गर्न कठिनाइ पनि भएको हुँदा अब जनप्रतिनिधि र कर्मचारीको टिम एकजुट भएर काधमा काध मिलाई लाग्नु पर्ने बताउनु भयो ।
अहिले हामीले धेरै बोल्नु भन्दापनि परिणाम निस्किने गरि काममा लाग्नु पर्ने भएको हुँदा अन्य सम्बन्धित सरोकारवाला निकायको पनि साथ र सहयोगको अपेक्षा सहित सहयोग गर्न आग्रह गर्नु भएको छ
त्यस्तै कार्यक्रममा उपाध्यक्ष धनपती देवी यादवले राजपुर गाउँपालिकामा कुनैपनि प्रमुख प्रशासकीय अधिकृतहरु लामो समयसम्म नटिक्ने भएको हुँदा विकास निर्माणको काम कार्यले भनेको जस्तो गति लिउन नसकेको बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत पाण्डेलाई स्वागत गर्दै उपाध्यक्ष यादवले सो कुरा बताउनु भएको हो । हालसम्म जतिपनि प्रमुख प्रशासकीय अधिकृतहरु आउनु भयो । जम्मा ६ महिना वर्ष दिन भन्दा बढी टिक्नु भएन । हाम्रो काम त हाकिमलाई स्वागत गर्ने र बिदालाई गर्ने मात्र काम भएको छ । त्यसो भएको हुँदा अब त अलि डेढ ,दुई वर्षसम्म यस गाउँपालिकामा बस्ने बाताबरण मिलाउन प्रमुख प्रशासकीय अधिकृत पाण्डेलाई उपाध्यक्ष यादवले आग्रह गर्नु भयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत पाण्डेले राजपुर गाउँपालिकाका जनप्रतिनिधिले बनाएको कार्यविधि र भरखरै विनियोजन भएको बजेटको अधीनमा रहेर आफुले आफ्नो बुद्धि विवेकले भ्याएसम्म राजपुरको समग्र विकास निर्माणको काम कार्यमा अहोरात्र खट्ने बताउनु भएको छ ।
राजपुर गाउँपालिकामा प्रमुख प्रशासकीय भएर आउँदै गर्दा जनप्रतिनिधि र कर्मचारीले दिएको न्यानो माया प्रति आफू सधै आभारी रहने बताउदै बताउनु भयो । अधिकृत पाण्डेले १० वर्षको जागीरे जीवनमा संगालेका अनुभव र रोल्पाको थबाङ गाउँपालिका तथा दाङको बङगलाचुली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेको हुँदा राजपुरका जनप्रतिनिधि र आफ्नो सहकर्मी कर्मचारीसंग हातेमालो गरेर समग्र गाउँपालिकाको काम कार्यमा निरन्तर लाग्ने बताउनु भएको छ ।
यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष तथा प्रवक्ता श्याम बहादुर रोकाले प्रमुख प्रशासकीय अधिकृत पाण्डेलाई स्वागत गर्दै राजपुर गाउँपालिका भित्रको खोला,नाका क्षेत्रका नागरिकहरु गाउँपालिकामा सेवा लिन आउने समयमा धेरै दुख भोग्नु पर्ने स्थिति रहेको हुँदा त्यसलाई पनि मध्यनजर गरि आगामी दिनमा गाउँपालिकाबाट नागरिकलाई दिने सेवाहरु सरल र सहज रुपमा प्रदान गर्ने बाताबरणहरु मिलाउन प्रमुख प्रशासकीय अधिकृतलाई आग्रह गर्नु भयो ।
जनप्रतिनिधि,कर्मचारीको विशेष उपस्थितिमा भएको स्वागत कार्यक्रमको संचालन शिक्षा शाखा राजपुरका प्रमुख केशव लम्सालले गर्नु भएको थियो ।
