
Sds
gst
Ksm
Gmk
Gisld
Mbdvs
Anm
Rbs
Pbu
mbd

Bbbpu
Ggd
Hal
Rgu
Pvg
Gst
Ssm
Bbu
Wsp
Vor
Sls
Ksm
Sbs
Rgs
nsb
Rgu
Rsb
Asm
Tsm

Pls
Syp
Mks
sab
Jmb
Gsb
Abd
bbt
Jmb
Ptm
Rmb
Bml
Rpp
दाङ । ५८औ राष्ट्रिय बाल दिवसको अवसरमा गढव गाउँपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा विज्ञान प्रविधि सामाग्री प्रदर्शन प्रतियोगिता गढवामा सम्पन्न भएको छ ।
“बालमैत्री समाजको आधार :जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मुलनाराका साथ ५८औं राष्ट्रिय बाल दिवस गढवामा मनाईएको छ। गढवा गाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा गढवा गाउँपालिकाका सामुदायिक तथा निजि विध्यालयहरुको उपस्थिति रहेको थियो । पढाई मेला प्रतियोगितामा छात्र तर्फ राप्ती साउथन इङ्ग्लिस बोर्डिङ स्कुलका रोशन भट्टराई प्रथम, बाल कल्याण आवशिय बिध्यालय बालाखुट्टीका ईरशाद खान द्वितीय र दुर्गा आवशिय विध्यालय पारस परियार तृतीय स्थान हाँसिल गरेका थिए।
त्यसैगरी पढाई मेला छात्रा तर्फ बाल कल्याण आवशिय बिध्यालय बालाखुट्टीकी प्रकृति पन्त प्रथम, माध्यामिक बिध्यालय चैनपुरकी पबित्रा खत्री द्वितीय, राप्ती साउथन इङ्ग्लिस बोर्डिङकी स्नेह थारु कुमालले तृतीय स्थान हाँसिल गरेका हुन्। विज्ञान सामाग्री प्रदर्शन प्रतियोगिता सरस्वती माध्यमिक बिद्यालय गोवरडियाका तेज प्रसाद शर्मा प्रथम, जनता माध्यमिक विद्यालय गढवाका हेमन्त कुमार यादव द्वितीय र बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाकी अबिना शर्मा तृतीय स्थान हाँसिल गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री इन्द्रजित थारुले देशको राजनीतिक परिवर्तनसँगै सबैको प्रयत्नमा बाल अधिकारको क्षेत्रमा धेरै कार्यहरु भएको भन्दै बालबालिकाको विशेषतः संरक्षण र सुरक्षाको क्षेत्रमा गर्नुपर्ने कार्यहरु अझै पनि धेरै रहेको बताउनुभयो ।
स्वास्थ्य तथा शिक्षामा पहुँच बृद्धि र गुणस्तर कायम गर्नुपर्ने आवश्यकता एकातिर छ भने अर्कोतर्फ बालबालिका विरुद्धका हिंसा, दुव्र्यवहार शोषण लगायत बालबिवाहजस्ता कूप्रचलनका घटनाहरु पूर्ण रुपमा न्यूनीकरण गर्दै बास्तविक बाल अधिकार प्रवद्र्धन गर्नुपर्ने थप दायित्व हाम्रो काँधमा रहेको भन्दै त्यतातिर पनि लाग्नु पर्ने बताउनुभयो। बाल अधिकार हनन्का घटनाहरुबाट बालबालिकालाई जोगाउन लुम्बिनी प्रदेश सरकार निरन्तर प्रयत्नशील रहेको जानकारी गराउनु भयो।
त्यसैगरी कार्यक्रमा बोल्दै गढवा गाउँपालिकाका प्रमुख यमनरायण शर्मा पोख्रेलले बालबालिकाको हकहित,संरक्षण तथा संवर्द्धन गर्नका लागि तीनै तहका राज्यका संरचना,अभिभावक,विद्यालय र समग्र समाजको भूमिका अपरिहार्य रहेको बताउनुभयो । यसका लागि बालमैत्री नीति तथा कार्यक्रम बनाउन बालअधिकारको पक्षमा काम गर्नुहुने सबै सरोकारवालाहरूले थप प्रतिवद्धता र क्रियाशीलताका साथ बालबालिकाको गुणात्मक विकासमा निरन्तर लाग्नु पर्ने बताउनु भयो।
कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी,लेखाशाखा अधिकृत सम्भुराज आचार्य, प्रशासन प्रमुख पुनाराम शर्मा, कार्यपालिका सदस्यहरु रमा अधिकारी,चन्द्रा केसी, मान बहादुर नेपाली त्यसैगरी शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक,रबिलाल माझी,महिला तथा बालबालिका शाखा प्रमुख प्रेरणा चन्द,न्यायिक समितिका सदस्य सुरेश पौडेल,वडा नम्बर ६ का वडाध्यक्ष वीर बहादुर आले मगर,जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव, गढवा उद्योग बाणिज्य संघका दिनमणी आचार्य, मुक्त कम्लहरी विकास मञ्चकी ज्ञानु थापा,शान्ति तथा पुनर्स्थापना केन्द्र जिल्ला कार्यक्रम संयोजक कैलासो राना,जलजला संस्था मनिकापुर आशिस कल्पबृक्ष, माध्यामिक बिध्यालय चैनपुरका राम किसुन यादव, जनता माध्यमिक विद्यालय कालाकाटेका राम प्रसाद खनाल,शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल बिकाश रजौरे,दुर्गा आवि मनिकापुरका प्रधानाध्यापक मन्साराम चौधरी लगायतको गढवा गाउँपालिका मा सञ्चालित बिभिन्न सामुदायिक तथा निजी विध्यालय, संघ संस्थाहरुको उपस्थिति रहेको थियो।
कार्यपालिका सदस्य चन्द्रा केसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।
