Sidha Patra बुधबार, भाद्र २९, २०७९

बारा(सिमरा) । सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबंधन आवस्यक रहेको बताएका छन् ।

सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको भन्दै मन्त्री चौधरीले भने, ” काङ्ग्रेस र कम्युनिस्ट फरक धारका पार्टी भए संविधान जोगाउन मिल्नुपरेको छ । अझ बलियो एकता बनाउनु पर्ने छ । निर्वाच पछि थप दल पनि एकतामा आउनेछन्।” “किसान श्रेष्ठले मापदण्ड अनुसार तनहुँ छोडनु पर्ने होइन तर पनि रामचन्द्र पौडेलका लागि उहाँ बारा – ४ को उम्मेदवार बन्ने स्थिति बन्दै छ । जसले निर्वाचन क्षेत्र हेर्न सक्छ, देश हेर्न सक्छ, त्यसलाई हेर्नुपर्छ । अब जात, धर्म र समुदाय मात्रै हेर्ने होइन ।

जनताले यो कुरा बुझिसकेका छन् ।” मन्त्री चौधरीले थपे । राम्रो मान्छे , दृष्टिकोण भएको मान्छे , पैसा देख्दा र्याल नचुहाउने किसान श्रेष्ठलाई जिताउने गरि प्रचारमा लाग्न मन्त्री चौधरीले निर्देशन दिए । एमालेले जिते यो प्रणाली नै समाप्त हुने भन्दै देउवाले नचाहदा नचाहदै पनि संविधान जोगाउन प्रधानमन्त्री बन्नै पर्ने अवस्था आएको मन्त्री चौधरीको भनाइ थियो। ओलि घमण्ड, कुबुद्धि र सत्ता उन्मादले सडकमा पुगेको समेत उनले बताए । गढिमाइ मन्दिरको निरीक्षण, साना किसान कृषि सहकारी सिमराको वार्सिक कार्यक्रमलाई सम्बोधन गर्नुका साथै मन्त्री चौधरीले कार्यकर्ता भेटघाट पनि गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]