
Mbdvs
Ksm
Gmk
gst
Anm
Rbs
Gisld
Sds
Pbu
mbd

Wsp
Gst
Vor
Rgu
Sls
Ggd
Bbu
Sbs
Bbbpu
Hal
Rgu
Ssm
Pvg
Tsm
Rsb
Rgs
nsb
Ksm
Asm

bbt
Ptm
Mks
Jmb
Rpp
Syp
sab
Gsb
Pls
Bml
Jmb
Rmb
Abd
दाङ । दाङको घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुरले आज घोराहीमा एक कार्यक्रम गरी प्रि-डिप्लोमा तह नि:शुल्क औद्योगिक प्रशिक्षार्थी कार्यक्रम बारे सरोकारवालासँग छलफल गरेको छ ।
प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषदद्धारा मान्यताप्राप्त २४ महिने निशुल्क सूचना प्रविधि बिषयमा विद्यालय,प्रशिक्षणका लागि आवेदन दिएका विद्यार्थी, रोजगारदाता र अन्य सरोकावाला निकायसँग कार्यक्रमको बिधिध पक्षको बारेमा छलफल भएको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले प्राविधिक शिक्षाको अभावमा मानिस रोजगारीकै लागि बारिहिनुपर्ने बाध्यता रहेको बताएका छन । पछिल्लो समय दाङमा पनि प्राविधिक शिक्षाका अवसर जुट्दै गएको भन्दै यस्ता कार्यक्रमबाट कुनै काम गर्दा सीप भएका मानिसहरु बाहिरबाट ल्याउनु पर्ने बाध्यताको अन्त्य हुने विश्वास ब्यक्त गरेका छन् ।
सरस्वती माध्यमिक विद्यालय भरतपुर दाङ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्व एंव घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागि बक्ताहरुले कार्यक्रमलाई सफल बनाउनका लागि सवै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि पाण्डेयले समय सापेक्ष सीप हासिल गर्ने ब्यक्ति अव बेरोजगार हुने अवस्था नहुने बताउनुभयो ।
त्यस्तै अव ज्ञानसगै सिपलाई जोडेर लैजानु पर्ने भन्दै उहाँले अव परिवर्तित समयको मागसगै युवा जगतले आफूलाई सीप र प्रविधियुक्त हुनुपर्ने आवश्यकता औल्याउनुभयो । प्राविधिक सहयोगी निकाय हेल्विटास नेपालका ज्ञानु चौधरीले कार्यक्रमको बिस्तृत पक्षका बारेमा जानकारी गराउनु भएको थियो । विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले विद्यालयमा सञ्चालनमा रहेको नि:शुल्क २४ महिने कार्यक्रमबाट धेरैले सिपसँगै आफू स्वरोजगार भएको र सीप सिकेकाले रोजगारी पाएको बताउनुभयो ।
यस्तै कार्यक्रममा उद्योग बाणिज्य संघ दाङका बरिष्ट उपाध्यक्ष नरेश कार्की,क्यान नेपालका जिल्ला अध्यक्ष कर्णबहादुर पुन, इन्स्योर परियोजना घोराही उपमहनगरपालिकाका फोकल पर्सन मोतीराम न्यौपाने लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण सरस्वती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक एंव कार्यक्रम संयोजक प्रकाश डाँगीले गर्नु भएको थियो ।
