
gst
Rbs
Ksm
Anm
mbd
Gisld
Mbdvs
Gmk
Pbu
Sds

Rgu
Ksm
Rsb
Sls
Ssm
Rgu
Ggd
Pvg
Tsm
Bbbpu
Bbu
Rgs
Sbs
Wsp
Hal
Gst
nsb
Vor
Asm

Bml
Rpp
Ptm
sab
bbt
Syp
Rmb
Abd
Jmb
Jmb
Mks
Pls
Gsb
दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयामा रहेको माध्यमिक विद्यालय दुलैयामा पढ्दै-कमाउदै कार्यक्रम सम्बन्धि छलफल तथा अभिभावक भेला कार्यक्रम सोमबार भएको छ ।
विद्यालयका अभिभावक आशाराम यादवको अध्यक्षता तथा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष बुढाथोकीले कार्यक्रम सफल बनाउनको लागि अभिभावकको प्रमुख भुमिका रहने बताउनु भएको छ ।
राजपुर गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउनको लागि पहिले विद्यार्थीलाई आय-आर्जनसंग जोड्नु पर्ने भएको हुँदा यो कार्यक्रम संचालन लागेको बताउनु भयो । त्यस्तै उहाँले अब राजपुर गाउँपालिकाले प्रत्येक विद्यालयमा गुनासो पेटीका राख्ने र प्रत्येक महिना गुनासो हेर्ने र कुनै गुनासो प्राप्त भएको खण्डमा आफुले तत्काल एक्सन लिने बताउनु भएको छ ।
यसैगरी दशै तिहार पछि विद्यार्थीको रिजल्ट हेरेर कम्जोर विद्यार्थीका लागि नि:शुल्क कोचिङ्गको व्यवस्थापन गरिदिने अध्यक्ष बुढाथोकीले बताउदै सो विद्यालयका भौतिक संरचनादेखि अन्य व्यवस्थापनको पाटोलाई निरन्तर पछ्याई रहने बताउनु भयो ।
त्यस्तै उपाध्यक्ष धनपतीदेवी यादवले विद्यालय एउटा मन्दिर भएको हुँदा विद्यालयमा अनावश्यक राजनीति गरेर विद्यार्थीको भविष्य बिगार्न नहुने बताउनु भयो । यस्तै उहाँले अहिले राजपुर गाउँपालिकाद्वारा नि:शुल्क शिक्षा संगै पढ्दै कमाउदै कार्यक्रम लिएको हुँदा यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण विद्यालयका शिक्षक,अभिभावकलाई सहयोग गर्न अनुरोध गर्नु भयो ।
यस्तै वडा नम्बर २ का अध्यक्ष तथा सामाजिक विकासका संयोजक ओमप्रकाश यादवले “पढ्दै- कमाउदै”कार्यक्रमलाई लागु गर्नको लागि अहिले गाउँपालिकाले प्रत्येक माध्यमिक तहको विद्यालयका शिक्षक,अभिभावक र विद्यार्थीसंग छलफल गर्न लागेको बताउनु भयो । अब विद्यार्थीहरुले विद्यालयमा पढी सकेपछि घर गएर झोला फाल्ने चलनको अन्त्य गर्नको लागि यो कार्यक्रम संचालन गर्न खोजेको बताउनु भयो ।
राजपुर शिक्षा शाखाका प्रमुख केशव लम्सालले यतिबेला राजपुर गाउँपालिकाले नि:शुल्क शिक्षा घोषणा गरिसकेको हुँदा अभिभावकलाई सहज भएको बताउनु भयो । नि:शुल्क शिक्षा संगै अभिभावकहरुको लागि आफ्नो बालबालिकालाई पढाउन आर्थिक भार कम गराउनको लागि “पढ्दै-कमाउदै”कार्यक्रम जोडेको बताउनु भयो ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक कालिराम चौधरीले पुस महिनामै विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएको हुँदा पहिले नै आफुले अभिभावक भेला बोलाएको भएपनि विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको हुँदा अहिले फेरि आफुले यस कार्यक्रमसंग जोडेर अभिभावक भेला डाकेको बताउनु भयो । शिक्षक दरबन्दी कम रहेको हुँदा गाउँपालिकाले निजी शिक्षकको व्यवस्थापन गर्न लागेकोले पक्कै पनि अब केहि विद्यालयलाई राहत हुने बताउनु भयो । अहिले विद्यालयको जग्गा कब्जा भएको र वार्षिक ८५ हजार भाडा आउने गरेको अहिले व्यवस्थापन समिति नभएको हुँदा गाह्रो भएको प्रधानाध्यापक चौधरीले बताउनु भयो ।
यस्तै अभिभावक रामवरण यादव सरकारी विद्यालयमा शिक्षाको गुणस्तर कम्जोर भएको हुँदा विद्यालयका सत्य पहिले तितो हुनेर पछि गएर मिठो हुने गरेको बताउनु भयो । बालबालिकालाई जन्माउने ठुलो कुरा नभएर उसलाई कर्म दिनु ठुलो कुरा रहेको बताउनु भयो ।
विद्यालयका शिक्षक राजकुमार यादवको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा अभिभावक रामबहादुर यादव,यादव समाज संघका अध्यक्ष हिरालाल यादव अभिभावक वीर बहादुर यादव लगायतका बक्ताले बोल्नु भएको सो कार्यक्रमको संचालन शिक्षक महेश चौधरीले गर्नु भएको थियो ।
यसैगरी विद्यालय व्यवस्थापन समिति गठन गर्नको लागि व्यापक छलफल भएको भएपनि केही टुंगो नलागेपछि अभिभावक भेला स्थगित भएको छ ।
त्यस्तै उक्त कार्यक्रम संगसंगै उक्त विद्यालय का विद्यार्थी र अभिभावकलाई डेङ्गो रोग सम्बन्धि जनचेतनामूलक सन्देश प्रशिक्षण स्वास्थ्य शाखाका अनमी शकुन्तला रेग्मीले दिनु भएको थियो ।
