
Mbf
Sdc
Pbu
dpm
Gesld
Dbc
Snmbs
Dpm
Snmbs
snmbs
Ges


दाङ । नेपाल मगर संघ लमही नगर कमिटीको अध्यक्षमा पुनःसर्बसहमतीका साथमा जगत पुन मगर निर्वाचित हुनु भएको छ ।
शनिबार दाङ देउखुरीको लमहीमा सम्पन्न भएको नगर कमिटीको दोस्रो अधिवेशनबाट पुन सर्बसहमतीका साथ नगर कमिटीको अध्यक्षमा पुनः चयन हुनु भएको हो ।
जसको उपाध्यक्षमा नारायण मास्की राना मगर, सचिव संगम कुमार आले मगर, कोषाध्यक्ष शान्ति थापा मगर, सह-सचिव मिना थापा मगर, सह- कोषाध्यक्षमा गंगाराम पुन मगर, सदस्यहरुमा टीका जि.एम, नारायण बुढा मगर, सुन कुमार रोका मगर, ईख घर्ती मगर, देउकला रोका मगर, सन्तोष रोका मगर, श्याम सिन्जाली मगर, पार्वती राना मगर, शान्ति थापा मगर, कृष्ण पुन मगर, मन्जु थापा मगर गरि १७ जनाको कमिटी बनेको छ ।
नव कमिटीले असोज महिना भित्र अन्य सदस्य थप गर्ने छ भने अहिले लमहीको वडा नम्बर १ देखि ७ सम्मका मगरहरुलाई मात्र समावेश गर्न सकिएको हुँदा अब ८ र ९ नम्बर वडाका मगरहरुलाई पनि लमही नगर कमिटीमा समावेश गरि ९ वटै वडाको वडा कमिटी गठन गर्ने अध्यक्ष जगत पुन मगरले जानकारी दिनु भयो ।
