
Pbu
Sds
gst
Gmk
Gisld
Rbs
Mbdvs
Anm
Ksm
mbd

Sls
Bbu
nsb
Rgu
Gst
Pvg
Bbbpu
Ggd
Rgu
Ksm
Vor
Wsp
Hal
Sbs
Rsb
Ssm
Tsm
Asm
Rgs

bbt
Syp
Rmb
Pls
Gsb
Jmb
sab
Rpp
Mks
Ptm
Abd
Jmb
Bml
दाङ । लोप हुँदै गैरहेको माटोका भाँडा बनाउने पेशालाई लाई बचाउन आवश्यक रहेको गढवा गाउँपालिका वडा नम्बर-६ का अध्यक्ष बिर बहादुर आले मगरले बताए।
आइतबार गढवा – ६ को कुमालटोलमा माटोको भाँडा पोल्ने आधुनिक भट्टा उद्घाटन गर्दै वडाध्यक्ष आलेले यस्तो बताउनु भएको हो । कुमाल माटोको भाँडा बनाउने समूहकी कोषाध्यक्षको सभापतित्व तथा वडा नम्बर – ६का अध्यक्ष बिर बहादुर आले मगर प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै अध्यक्ष आलेले पहिलेको भट्टीलाई सुधारेर आधुनिकीकरण गर्दै उत्पादनमा बढावा दिन आवश्यक रहेको बताउनुभयो।
त्यस्तै अधुनिकिकरणले समय र स्रोत साधनको कम उपयोग हुने कम समयमा धेरै माटाका भाँडा निर्माण गर्न सहयोग पुग्ने भन्दै आगामी दिनमा यस्लाई अझ व्यवस्थित बनाउन वडाले सहयोग गर्ने प्रतिबद्ता ब्यक्त गर्नु भयो । पहिले भन्दा धेरै अधुनिकिकरण भएको तर पनि अझै अपुग रहेको भन्दै पुर्ण आधुनिकीकरण गर्न वडाले बिशेष पहल गर्ने र चाहिने सहयोग गर्ने बताउनु भयो । माटो भाँडा निर्माणमा देखिएको मुख्य समस्या दाउरा र माटोको भएको भन्दै त्यसलाई सहज गर्न वडाले पुर्ण सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै कुमाल माटोको भाँडा बनाउने समूहकी कोषाध्यक्ष चौधरीले प्लास्टिक सामानको प्रयोगले माटोको भाँडा प्रयोगमा कमि आएको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । कुमाल समुदायको पुख्र्यौली पेशाका रुपमा परिचित माटोका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ । कुमाल समुदायमा कामदार र कच्चा पदार्थको अभावमा माटोका भाँडा बनाउने पेशा नै लोप हुँदै गएकोले यसलाई बचाउन आवश्यक रहेको भन्दै स्थानीय सरकारले सहयोग गर्न अनुरोध गर्नु भयो । दुध दही र अन्य खानेकुरा माटोको प्रयोगले स्वास्थ्यको लागी राम्रो भएको भन्दै यसको प्रचार प्रसार का लागी सबैलाई अनुरोध समेत गर्नु भयो ।
यस्तै माटोका भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो,दाउरा,पराल लगायतका कच्चा पदार्थको अभावमा कुमाल बस्तीमा माटोका भाँडा बनाउने पेशा नै संकटमा परेको कोषाध्यक्ष चौधरीले बताउनुभयो। स्वच्छ व्यवसायी समूह नेपालको सहयोगमा ९० दिने माटोको भाँडा डा बनाउने तालिम सम्पन्न भएको जानकारी गराउदै यसबाट माटोको भाँडाको मजबुती र सुन्दरतामा बृद्धि भएको जानकारी दिनुभयो। भाँडा बनाउने पेशाबाट नै कुमाल समुदाय नै जीविकोपार्जनको प्रमुख स्रोतका रुपमा माटाका भाँडा बनाउने र घर घरमा भाँडा बेच्नका लागि पुग्ने चलन रहेको थियो । पछिल्ला समयमा माटाका भाँडाप्रति उपभोक्ताको रुचि घट्दो र उत्पादन गर्ने कुमाल समुदाय यो पेशालाई अप्ठ्यारो पेशाका रुपमा लिन थालेपछि संकटमा परेको कुमाल माटोको भाँडा बनाउने समूहकी सदस्य सविता चौधरीले बताउनुभयो।
कार्यक्रममा वडा नम्बर – ६की वडासदस्य मानु कुमाल, सब वन डिभिजनका कार्यालय गढवाका प्रतिनिधि नविन पुन, स्वानका दाङ संयोजक रेमन्त चौधरी लगायतकाले बोल्नु भएको थियो । सबिता चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन स्वच्छ व्यवसायी संघ उद्धम बिकास सहजकर्ता राजेन्द्र चौधरीले गर्नु भएको थियो
