दाङ । देउखुरीको लमहीमा लमही चेम्बर अफ कमर्सको पद हस्तान्तरण गरिएको छ । शनिवार चेम्बर अफ कमर्सको हलमा चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नि बर्तमान अध्यक्ष अजय न्यौपानेले अध्यक्ष सितल भुसाल लाई पदभार हस्तारण गरेका हुन् ।
पद हस्तान्तरण गर्दै न्यौपानेले आफ्नो कार्यकालमा गरेका महत्त्वपूर्ण कामका बारेमा जानकारी गराउँदै कोराना सचेतना अभियान, नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान लगायतका कामहरु सम्पन्न गरेको उद्घोष गरे । न्यौपानेले पद हस्तान्तरण गर्दै नयाँ अध्यक्ष भुसाललाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना समेत दिए ।
कार्यक्रममा लमही चेम्बरका सदस्य ऋषि खनालले नयाँ समितिका पदाधिकारीहरूको कार्य सफलताको शुभकामना दिँदै सामाजिक कार्यमा हातेमालो गरी काम गर्न अनुरोध गरे ।
पदभार ग्रहण गर्दै अध्यक्ष सितल भुसालले आगामी कार्ययोजनाको बारेमा जानकारी गराउँदै चेम्बरले एम्बुलेन्स खरिद गर्ने,डेङो रोगबाट आम नागरिक लाग्न नदिन सचेतना मुलक कार्यक्रम लगायतका कामहरु गर्ने योजना अघि सारे ।
कार्यक्रममा लमही चेम्बर अफ कमर्सका महासचिव केसब अधिकारी,सबि अधिकारी,कमला चुदाली, प्रमोद गौतम,प्रमोद बस्नेत,निर्मला ज्ञवाली,चुणामणी आचार्य लगायतले शुभकामना दिएका थिए ।