
gst
Ksm
Anm
Rbs
Mbdvs
Pbu
mbd
Gmk
Sds
Gisld

Vor
Pvg
Sbs
Tsm
Ggd
Rgu
Rsb
Wsp
Rgs
Asm
Bbu
nsb
Ksm
Sls
Hal
Gst
Ssm
Bbbpu
Rgu

Rpp
Gsb
Abd
Ptm
Syp
Mks
Bml
Pls
bbt
Jmb
Jmb
Rmb
sab
दाङ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले चुन ढुङ्गाका कारण रुम जम्ने समस्याको दीर्घकालीनरुपमा समाधाज खोजिने बताउनुभएको छ । महाभारतका मूहान क्षेत्रबाट पानी ल्याउने पाइपमा रुम जम्ने समस्याका कारण खानेपानी आयोजना दीर्घकालीनरुपमा टिकाउ नहुने भएकाले मुहानमै पानी प्रशोधन केन्द्र निर्माण गरेर समस्याको समाधान खोजिने खड्काले बताउनुभयो ।
खाद्रे खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १३ औ साधारण सभाको उद्घाटन गर्दै नगरप्रमुख खडकाले बढ्दो शहरीकरणलाई ध्यान दिदै थप क्षेत्रमा खानेपानी वितरण गर्नका लागि विस्तृत विवरण प्रतिवेदन तयार पारेर आयोजनाको क्षेत्र विस्तार गर्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले यस क्षेत्रको पानीको अभाव नरहेको व्यवस्थापन पक्ष मात्रै ध्यान दिए थप क्षेत्रमा धारण वितरण गर्न सकिने बताउनुभयो । उहाँले वर्षाका कारण खानेपानीमा क्षति भएको अवस्थामा नगरपालिकाबाट तत्कालै सहयोग गरेर सञ्चालन गर्न सकिने बताउनुभयो ।
संस्थाका अध्यक्ष हेमबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि द्घय तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४का अध्यक्ष तुलसी थापा,कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले खानेपानी संस्थाको विकासमा सहयोग गर्ने बताउनुभएको थियो । कार्यक्रममा पूर्ववडाध्यक्ष बालकृष्ण राणा लगायतकाले बोल्नुभएको थियो । २०३८ सालदेखि सुरु भएको आयोजनाले हाल तीन सय ६४ नीजी धारा वितरण गरेको छ भने अपांगता भएका रामबहादुर खड्का,चार वटा सार्वजनिक संस्थालाई निशुल्करुपमा धारा र पानी वितरण गरेको छ ।
