
pku
Lnp
cjs
Djs
Unsku
Sgr
Gfs
Rgp
Rgp1
Pes
Srbpu
Ggp
Ses
Pbu

Tsm
Bbu
Vor
Sbs
Rgu
Hal
Gst
Sls
Ksm
Wsp
Rsb
Ggd
Asm
Ssm
Rgu
Pvg
Bbbpu
Rgs
nsb

sab
Jmb
Mks
Pls
Gsb
Rpp
Abd
Rmb
Ptm
Jmb
bbt
Syp
Bml
दाङ । मगर कला तथा संस्कृति प्रदर्शनी एवं सास्कृतिक कार्यक्रम २०७९ दाङको घोराहीमा शुक्रबारदेखि सुरु भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङका अध्यक्ष खलु प्रसाद पुनको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य तुलाराम घर्तीको प्रमुख आतिथ्यतामा तथा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा सुनछहरी गाउपालिकाका अध्यक्ष धनबहादुर पुनको विशिष्ठ आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि घर्तीले आफू मगरको अभियानता रहेको र आफुमा पनि मगरपन रहेकोे बताउनु भएको छ । त्यस्तै उहाँले मगरहरु चलाख हुन जरुरी रहेको बताउनु भयो । जन्मभुमि रोल्पा जति माया पाल्पा पनि छ १२ मगरात,१८ मगरातको कुरासंगै मगर जात हो मगरात भनेको हाम्रा पुर्खाहरु कला संस्कार संस्कृति अधिकार प्रयोग संगै बसोबास गरि आएको ठाउँ थलो नै मगरात हो भन्ने कुराहरु बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा सुनछहरी गाउपालिकाका अध्यक्ष पुनले मगर समुदायले आफ्नो मौलिक भाषा,नृत्य, गरगहना,कला,मंगरे अक्षरको किताब प्रदर्शनी मार्फत् मगरहरुको कला संस्कृतको संरक्षण र अधिकार प्राप्तिका लागि सरकारलाई दबाव दिने उदेश्य रहेको बताउनु भयो । उहाँले अधिकार प्राप्तिका लागि तीन वटै सत्तामा हस्तक्षेप गरेर जान आवश्यक रहेको बताउनु भयो ।
उहाले सडक,सदन र सरकारबाट खवरदारी गर्दै भाषा हाराए मगर समुदायको अस्तित्व हराउने भन्दै भाषाको संरक्षणका लागि सबैले आ आफ्नो क्षेत्रबाट कदम चाल्न आवश्यक रहेको बताउनु भयो । अहिले सांस्कृतिक जारी रहेको छ । संघका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य सितलाल पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राष्ट्रिय चर्चित हास्य कलाकार खब्पु चन्चलको रोल्पाली बाजे र अति रोमान्च,थाली नाच लागायतको विशेष प्रस्तुति रहेको थियो ।
उक्त सांस्कृतिक कार्यक्रममा अठार मगरात क्षेत्रका संस्कार,कला भेष भुषा र भाषा झल्काउने खाल्को स्थानीय चल्न चल्ती संस्कार समेतिएको थियो ।जस्मा यनिमाया, भुम्य,पैसेरु,मारुनी,पुर्खाहरु लगायतका पुराना पोसाकहरुको पनि प्रर्दशनी रहेको थियो ।
हजारौं दर्शकहरु माझमा सन्चालन रहेको कार्यक्रमको सुरुवाती मै बहु उदेश्य मगर सांस्कृतिक भवनको शिलान्यास लुम्बिनी प्रदेशका माननीय सांसद तुलाराम घर्ती मगरले गर्नु भएको थियो ।
बंगलाचुली गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिको आयोजनामा संचालन रहेको कार्यक्रमको सन्चालजिल्ला सचिव मुक्तबहादुर बुढाले गर्नु भएको थियो ।
