
Rgp
Asbus
Ggp
Ksbus
Ggp
Lnp
Msbus
Ksbus
Sdc


काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा डोजर लगाएको छ। अवैध रूपमा बनाएको संरचना हटाउनको लागि महानगरले डोजर लगाएको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले बताउनु भयो ।
त्यस्तै अवैध रूपमा बनेका ती संरचना हटाउनका लागि महानगरका मेयर बालेन्द्र शाहा आफैं उपस्थित हुनु भएको थियो । महानगरले अवैध रूपमा बनाएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो। उक्त समय सकिएपछि महानगर अवैध रूपमा बनाएका टहरा भत्काउन आक्रामक भएर लागेको छ।
कर्मचारी सञ्चय कोषको स्वामित्व रहेको मलमा भाडामा बसेकाहरुले अवैध रुपमा संरचना निर्माण गरेका थिए। नक्सामा उल्लेख नभएका यस्ता संरचनाले पार्किङ लगायतमा समस्या पारेको थियो।
