Sidha Patra शुक्रबार, भाद्र ०३, २०७९

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन परेको छ । राष्ट्रिय उपभोक्ता मञ्चले प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै निवेदन दिएको एक अधिकारीले जानकारी दिए ।

त्यस्तै केही दिनदेखि इन्धनको मूल्य निरन्तर घटे पनि निगमले मूल्य नघटाएको निवेदनमा उल्लेख छ । मञ्चले भनेको छ,‘अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य ३ महिनादेखि लगातार घट्दै आएको र इन्डियन आयल कर्पोरेसनले समेत विगत २ महिनादेखि नेपाल आयल निगमलाई घटेकै मूल्यमा पट्रोलियम पदार्थको आपूर्ति गर्दै आएको छ ।’

‘तर पनि नेपाल आयल निगमले विभिन्न बहानामा मूल्य घटाएको छैन । मूल्य बढ्दा स्वचालित मूल्य प्रणाली भन्दै मूल्य बढाउने तर अन्तर्राष्ट्रिय मूल्य घट्दा मूल्य नघटाउँदा उपभोक्ता मारमा परेका छन्,’ निवेदनमा उल्लेख छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]