
Pbu
Sgr
Rgp
Lnp
Unsku
Ggp
Rgp1
Srbpu
pku

Asm
Ggd
Bbbpu
Gst
Rsb
nsb
Wsp
Bbu
Sls
Ssm
Rgu
Vor
Sbs
Rgu
Ksm
Pvg
Rgs
Tsm
Hal

Rpp
Ptm
Pls
Mks
Rmb
Jmb
Syp
Abd
bbt
Jmb
Bml
sab
Gsb
दाङ । चारकट्ठा जग्गामा टिनको ट्रष्ट छ । पूर्वतर्फ माछा पोखरी छ । रहु, ग्रास, सिल्भर, नैनी र कमन प्रजातिका माछा पालन गरिएको छ । पश्चिमतर्फको क्षेत्रमा चारवटा खोरमा लोकल कुखुरा छन् ।
कडकनाथ,उल्टे,घाँटीखुइले चाइनिज र लुइँचे प्रजातिका कुखुराले खोर भरिभराउ छ । यतिमात्रै होइन घरको एक साइडमा चाइनिज राजहाँसको फर्म छ जहाँ झण्डै एक हजारको संख्यामा हाँस पालिएको छ । जहाँ माछा, कुखुरा, हाँस किन्नमात्रै होइन व्यवसाय हेर्न पनि मानिसहरुको भीड लाग्छ । कपिलवस्तुको बुद्धभूमि–२ बडहराका चन्द्रकान्त पौडेलको यो कृषि फर्म स्वदेशमै केही गर्न सकिन्छ भन्ने एउटा उदाहरण हो ।
रोजगारको सिलसिलामा आठ वर्ष भारत र त्यसपछि १४ वर्षसम्म कुवेतमा रोजगार गर्नुभएका पौडेलले अहिले भने स्वदेशमै रोजगारीको काम थाल्नुभएको हो । ‘झण्डै एक वर्ष भयो स्वदेशमै आफ्नो पेशा ब्यवसायमा रमाएको छु’– पौडेलले भन्नुभयो– ‘विदेशको जागिर छोडेर देशमै केही गर्छु भनेर आफ्नै ब्यवसाय शुरु गरेको हुँ । जीवनको ऊर्जाशील समय विदेशी भूमिमा बिताएर स्वदेश फर्किनु भएका पौडेलले आफ्नै परिवारको सल्लाह र हौसलामा स्वदेशमै केही गर्ने आँट आएको बताउनुभयो ।
त्यस्तै मालिका पशुपंक्षी तथा कृषि फर्म दर्ता गरी पौडेलले आफ्नै चार कट्ठा जमिनमा ३० लाखको लगानीबाट ब्यवसाय शुरु गरेको पौडेलले बताउनुभयो । ‘अनुदान माग्न धेरै ठाउँ कोशिस गरें तर फर्म नयाँ दर्ता भएको र पहुँच नपुगेको हुनाले कतैबाट अनुदान पाइएन । त्यसैले ऋणधन गरेर ३० लाखबाट काम शुरु गरें’– पौडेलले भन्नुभयो ।
यो ब्यवसाय शुरु गरेपछि पौडेलका श्रीमान–श्रीमतीलाई भ्याई नभ्याई छ ।
‘बिहान उठेदेखि राति १० बजेसम्म ब्यवसायमा ब्यस्त रहन्छौं । खाना बनाएर खाने फुर्सद हुन्न, दिन बितेको पनि पत्तै हुँदैन’– पौडेलले भन्नुभयो । व्यवसायको आम्दानीले तीन छोरा छोरी पोखरा र बुटवलमा उच्च शिक्षा अध्ययन गराइरहेको पौडेलले बताउनुभयो । लगभग मासिक ५० देखि ६० हजार कमाइ भएको पौडेलले बताउनुभयो ।
‘मेरा श्रीमान २१÷२२ वर्ष अर्काको देशमा रोजगारीको खोजीमा जानुभयो । अब विदेशमा जाने होइन आफ्नै देशमा केही गर्नुपर्छ भनेर रोकें । त्यसैको परिणाम आज आफ्नै देशमा घर परिवारसँग बसेर विदेश जतिकै कमाई सजिलै घरमै भइरहेको छ’– श्रीमती सरिता पौडेलले भन्नुभयो ।

