Sidha Patra बुधबार, साउन २५, २०७९

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ नौसरा बस्ने बुधराम यादवकी १७ वर्षीय नाबालिक छोरी सुमन कुमारी यादव गत आषाढ १७ गते शुक्रबार राती हराएकी थिइन।

उनी १८ गते मौखिक रुपमा स्थानीय प्रहरी चौकी जङ्ग्रवामा उजुरी गर्न गएका थिए । लामो समय सोधखोज गर्दा सोही ठेगानामा बस्ने शेषराम यादवको छोरा श्रवण यादवले नाबालिक छोरी सुमन कुमारी यादवलाई ललाइ फकाइ भगाएर लगेको पत्ता लगाए ।

श्रावण ४ गते ईलाका प्रहरी कार्यालय गढवामा जाँदा सुरुमा जाहेर लिन इन्कार गरेको बताएकाछन । सुरुमा त जाहेर लिन मानेन धेरै भनसुन गरे पछि जाहेर लिनु भो र तपाईहरु पत्ता लगाउनुस हामी पक्राउ गर्छौ भनेर इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख इन्सिपेक्टरले भन्नू भयो।

एक जना स्थानीय कामेश्वर यादवले केटा र केटी संगै गएर भगाउन मद्दत गरेको हाम्रो समाजमा स्वीकारेका थिए तर थानामा गएर प्रहरीले के भने कुन्नी कामेश्वरले मलाई थाहा छैन भने। प्रहरीले आफैले केटाको मोबाइलको टावर रिहार क्षेत्रमा देखाउँछ भन्नू भयो र हामीलाई खोजेर ल्याउने भन्नू भयो। हामी आफै खोज्न सक्ने भए किन प्रहरीकोमा धाउँथ्यौं र ? प्रहरीले केटाका आफन्तीलाई बोलाउने खोज्ने पनि गरेकोछैन, केटा र केटी खोज्नेमा कुनै चासो नदेखाएको आरोप बुधरामले लगाएकाछन।

त्यस्तै राजपुर-२ बस्ने एक जना मुसलमानले पनि आफ्नो र छोरीको नाम गोप्य राख्ने सर्तमा भने आफ्नो नाबालिक १६ वर्षकि छोरी एउटा केटाले भगाएको र उजुरी दिन जाँदा प्रहरीले लिन नमानेको। आषाढ ३ गते ईलाका प्रहरी कार्यालय गढवामा मुस्किलले उजुरी लिएको थियो। कृष्णनगर क्षेत्रमा केटाले केटी लुकाई राखेको थाहा पाएपछि त्यहाँका जनप्रतिनिधि मेयरलाई सहयोग मागेको थिए। सुरुमा एक दुई दिनमा खोजी दिने भन्नू भयो। दुई दिनपछि केटाले छोरी भारत पुर्‍याएको खबर पाए। लगभग छोरी हराएको ५१/५२ दिन भइ सक्यो अहिलेसम्म प्रहरीले दोषी पक्राउ गर्न सकेको छैन । प्रहरीको कार्यले निकै दु:खी बनाएको उनले पनि दु:खेसो पोखेकाछन।

त्यस्तै राजपुर-३ खरदरिया बस्ने हरि बहादुर यादवको कक्षा ११ मा पढ्ने छोरा मन्साराम यादवलाई राजपुर-२ बेला बस्ने पाटेश्वर यादवले आफ्नी छोरीलाई आफ्नो फोन मार्फत श्रावण २२ गते राती नाच हेर्न भनि बोलाउन पठाएका थिए। नाच हेर्नकै लागि उनि खरदरीयाबाट आए। उनलाई कैलाश जिसीको घर नेर पुग्ने बेला पाटेश्वर यादबको समुहले घरमा लगेर पिट्न थाले। जसो तसो उम्केर धानको गरामा पुग्दा तुनावाला चप्पल हिलोमा गाडियो। हिलोमा गाडिएकै अवस्थामा पाटेश्वर यादव, धीर बहादुर यादव समेतका ५ जना मिलेर धिर बहादुरले ऐलानी अतिक्रम गरि बनाएको घरमा लगेर मन्साराम यादवलाई मरणासन्न हुने गरि कुट्पिट गरे। चिर्पट लगायतले सरिरका कुनै पनि अंग खाली नरहने गरि बेहोस हुने गरि रातभरी कुटपिट गरे। बेहोसमै म पाटेश्वर यादवको घरमा चोरी गर्न गएको थिए,मलाई जे गरे पनि कहि कतै उजुर बाजुर गर्ने छैन गरेमा यसै कागजलाई आधारमानी बदर होस भनि मन्साराम यादवको पाटेश्वरले नक्कली कागज समेत बनाए । २३ गते बिहान घर परिवारले खबर पाएपछि पाटेश्वर यादवको घरमा जादा त्रीपालमा सुताएर राखेका अर्धचेत अवस्थामा रहेका मन्सारामका आफन्तीले भेटाए। सोही ब्यहोराको जाहेरी लिइ मन्सारामको ठूलो बुवा बलमुवा यादव ईलाका प्रहरी कार्यालय गढ्वा पुगे।

गढवाको इन्सिपेक्टरले सुरुमा ठाडो निवेदन ल्याउनुस भन्नू भयो। जाहेरी लिन मान्नु भएन। पछि जिल्लाका एसपी सापलाई फोन गरे पछि २४ गते मात्र जाहेरी दर्ता गर्नु भयो। जाहेरी दर्ता गरि सकेपछि पनि जाहेरीमा उल्लेख भएका पाटेश्वर यादव,धीर बहादुर यादव समेतका ५ जना घरमै थिए। प्रहरी इन्सिपेक्टेर समेतको टोली गएर पाटेश्वर र धीर बहादुरलाई मात्र पक्राउ गर्‍यो अरुलाई पक्राउ गरेन भनि पीडित पक्षको आरोप रहेकोछ।

यता राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीलाई अनौपचारिक रुपमा यो घटना सम्बन्धि जिज्ञासा् राख्दा मलाई पनि बोलाएका थिए, म गएन। यस्तो जघन्य अपराध गर्नेलाई कानुन बमोजिम कार्वाही हुनुपर्छ भनेकाछन।

त्यस्तै राजपुर गाउँ पालिका ३ नम्बर वडा अध्यक्ष राम प्रसाद यादवले ५/५ जना मिलेर एक नाबालकलाई मरणासन्न हुने गरि कुटपिट गर्नु निर्लज्ज,धृणित र मानवता बिरोधि कार्य भएकोले दोषीलाई कुनै किसिमको बचाउने कार्य नहोस र हदै सम्मको कार्वाही गरियोस भनि प्रतिक्रिया दिएकाछन।

यता यिनी सबै घटनाको बारेमा ईलाका प्रहरी कार्यालय गढवाकि प्रहरी निरीक्षक रन्जु केसीलाई सोध्दा यिनी सबै हामी माथी लगाइएका आरोपहुन। आरोपका लागि आरोप जे लगाए पनि हुन्छ। वास्तविकता त्यस्तो होइन। केटी हराएको दुईवटा जाहेरीमा सरकारी वकिलको रायलिइ जाहेरी दर्ता गरिएकोहो । दोषीहरूलाई प्रकाउ गर्न संघीय प्रहरी कार्यालयमा कलडिटेल माग गरिएको र उक्त विवरण प्राप्त भए पछि प्रभावकारी ढंगले आवश्यक कार्वाही अघि बढाइनेछ।

यस्तै पछिल्लो कुटपिटको घटनामा पीडित पक्ष एम्बुलेन्समै घाइते समेत लिएर आएका र जाहेरी दर्ता गरि शरीर बन्धक तथा ज्यानमार्ने उद्योग मुद्दामा कार्वाही अघि बढाइएको हो। मुद्दा दर्ता गर्न स्वयं म आफै गएकिहुँ। पक्राउ पुर्जी प्राप्त भए पछि आरोपीहरुको घर जादा र घर खानतलास गर्दा दुई जना धीर बहादुर र पाटेश्वर मात्र फेला परेका र बाँकी ३ जना फेला नपरेकोले निजहरुको खोजीकार्य जारी रहेकोछ। घाइतेको अहिले नेपाल गन्जमा उपचार भैरहेको र अबस्थामा नर्मल रहेकोे प्रहरी निरीक्षक केसीले बताए ।

कुनै किसिमको आग्रह पुर्बाग्रह तथा दलिय स्वार्थ गरिएकोछैन । त्यस्तो कसैलाई लागेकोछ भने मेरो भएन उस्को भयो भन्न सक्नु पर्‍यो,हैन भने आरोप लगाउनुको कुनै अर्थ छैन प्रहरी निरीक्षक केसीले भनेकीछिन । फरार रहेका दोषीहरुलाई सक्दो चाँडो कानुनी दायरामा ल्याउने पनि बताएकिछन।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]