
Pbu
Gesld
Mbf
pvg
Dbc
Snmbs
rgs
Sdc
snmbs
Ges
Amb
sjnsplk
Dpm
dpm
Snmbs


कास्की । एटीएम मेसिनबाट रकम चोरि गर्न खोज्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नं.३ बस्ने २३ वर्षीय कृष्ण बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बिकले साउन २० गते राति पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा स्थित एनआईसी एशिया बैकको एटिएम मेशिन फोर्ने प्रयास गरेका थिए। कास्की जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा दिन ७ को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बिक यसभन्दा अगाडी माछापूच्छ्रै बैकको एटिएम मेशिन फोर्दै गरेको अवस्थामा पक्राउमा परी अदालतबाट एक लाख धरौटी जम्मा गर्न नसकी पुर्पक्षको लागि थुनामा गएका थिए । पछि अदालतबाट मुद्दा फैसला हुँदा तोकिएको कैद भुक्तानी गरी छुटेको समेत अभिलेखबाट देखिएको प्रहरीले जनाएको छ ।
