
Mbf
Amb
Snmbs
dpm
Snmbs
Gesld
Sdc
Dpm
Pbu
Ges
rgs
snmbs
Dbc


दाङ । दाङका १० वटै पालिकाले पहिलो पटक घुम्ती समन्वयात्मक बैठक शुरु गरेका छन् । जिल्ला समन्वय समिति दाङको आयोजनामा आजबाट सबै पालिकाका जनप्रतिनिधिहरुसँग अनुभव आदान प्रदान सहित समन्वयात्मक बैठक आज दंगीशरण गाउँपालिकाबाट शुरु गरिएको छ ।
समन्वय समिति प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको बैठकले पालिका पालिका बीचको सम्बन्ध बलियो बनाउन तथा असल अभ्यासलाई अरु ठाउँमा पनि कार्यान्वयन गर्न सहज होस् भन्दै अनुभवमा आधारित बैठकको थालनी गरिएको हो । पालिकाका जनप्रतिनिधिहरुले आफ्नो पालिकामा अहिलेसम्म गरिएका असल अभ्यासका बारेमा जानकारी गराउनुका साथै व्यवहारिक कठिनाईका बारेमा सहजीकरण गर्न अपिल गर्नुभएको थियो ।
सो अवसरमा,घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले विद्यालयमा खानेपानी र शौचालय व्यवस्थित गर्न कार्यपालिकाबाट पहिलो निर्णय भएको बताउनुभयो । यस्तै,उहाँले कृषिमा आधुनिकिकरण,न्यायीक समितिको पनि छलफल गर्दै काम गरिरहेको बताउनुभयो । उहाँले घोराहीमा स्वास्थ्य र शिक्षालाई पनि विशेष प्राथमिकता दिँदै काम अघि बढाएको जानकारी गराउनुभयो । अब जिल्लाका सबै पालिका मिलेर समृद्ध जिल्ला बनाउन भावनात्मक एकता गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी स्यानी चौधरीले पालिकामा अहिले पनि छाडा गाईको समस्या रहेको बताउनुभयो । यसको समाधानका लागि सबैले पालिकास्तरमा छलफल चलाउँदै निकास खोज्न आग्रह गर्नुभयो । गुणस्तरीय र निशुल्क शिक्षाको ब्यबस्थापन गर्नुपर्नेमा आफ्नो विशेष जोड रहेको बताउँदै उहाँले बहुआयामिक संग्रहालयलाई दाङमा ब्यबस्थापन गर्नु अवस्यक रहेको पनि चर्चा गर्नुभयो ।
राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले सरकारी कार्यालय र विद्यालयमा जंक फुड निशेष गर्दै स्वस्थ नागरिक उत्पादनमा जोड दिएको बताउनुभयो । बैठकमा जिल्लाका अरु पालिकाका प्रमुख, उपप्रमुखहरुले पनि आफ्नो पालिकामा गरिएको असल अभ्यासको बारेमा अनुभव साट्नु भएको थियो । अब हरेक महिनाको १९ गते अन्तरपालिका बैठक बस्ने गरी निर्णय गरिएको हुँदा पालिकास्तरमा प्राप्त गरिएका उपलब्धीसँगै चुनौति समाधानका बारेमा छलफल गर्ने सहमति पनि भएको छ । जसका लागि आगामी बैठक भदौ १९ गते राप्ती गाउँपालिकामा बस्ने निर्णय भएको छ ।
त्यस्तै सो अवसरमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पालिकाबीच सम्बन्ध बलियो बनाउन तथा जिल्लाको विकासका लागि सुरक्षा व्यवस्थालगायत कर्मचारी प्रशासनबाट हुने कामलाई थप स्तरीय बनाउन पहल हुने बताउनुभयो ।
