
Srbpu
Rgp1
Lnp
pku
Pbu
Sgr
Unsku
Rgp
Ggp

Sbs
Gst
Sls
Ggd
Asm
Rgu
Vor
Pvg
Wsp
Bbu
Ssm
nsb
Bbbpu
Hal
Rgu
Ksm
Rgs
Tsm
Rsb

Abd
Jmb
Rmb
Mks
sab
Gsb
Rpp
Ptm
bbt
Syp
Bml
Pls
Jmb
दाङ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बैंकहरुलाई कृषि,उद्यम क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
पालिकाको समन्वयमा आयोजना गरिएको छलफल कार्यक्रममा नगरप्रमुख खड्काले बैंकिङ क्षेत्रलाई उद्यम,कृषि क्षेत्रमा गरिएको लगानीको बजार सुनिश्चिताको वातावरण पालिकाकोतर्फबाट गरिने बताउनुभयो ।
उहाँले सामाजिक सुरक्षा भत्ता वितरणका लागि सम्बन्धित क्षेत्रमै पुग्नका लागि सुरक्षाको प्रबन्ध गरिने बताउनुभयो । खड्काले भन्नुभयो –पछिल्लो समयमा दुध,तरकारी फलफूल बजार व्यवस्थापनका लागि पालिकाकोतर्फबाट विभिन्न स्थानमा हाट बजार सञ्चालनको प्रयास भइरहेको बताउनुभयो । खड्काले कृषि र उद्यम क्षेत्रमा भूमिहीनहरुका लागि विना धितोमा कर्जा प्रवाह गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले गत वर्ष सामाजिक सुरक्षा भत्ता नवीकरण नभएका कारण आठ सय ५० जना वञ्चित भएको भन्दै नवीकरण गर्ने कार्यलाई प्राथमिकता दिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बैकका प्रमुखहरुले सामाजिक सुरक्षा भत्ता वितरणका लागि सम्बन्धित ठाउँमै पुगनका लागि सुरक्षाको प्रबन्ध गर्न, पालिकाले सम्पूर्ण बैंकहरुलाई आफ्नो सेवा प्रवाहमा जोड्न आग्रह गर्नुभएको थियो । साथै वास्तविक किसानहरु समक्ष कर्जा लगानीको वातावरण सुनिश्चिता गर्न आग्रह गर्नुभएको थियो । तुलसीपुर क्षेत्रमा रहेका २० वटा बैकका प्रमुखहरुको सहभागिता रहेको थियो । छलफल कार्यक्रमको संयोजन तुलसीपुर बैकर्स क्लबले गरेको थियो ।
