Sidha Patra बिहिबार, साउन ०५, २०७९

दाङ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बैंकहरुलाई कृषि,उद्यम क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

पालिकाको समन्वयमा आयोजना गरिएको छलफल कार्यक्रममा नगरप्रमुख खड्काले बैंकिङ क्षेत्रलाई उद्यम,कृषि क्षेत्रमा गरिएको लगानीको बजार सुनिश्चिताको वातावरण पालिकाकोतर्फबाट गरिने बताउनुभयो ।

उहाँले सामाजिक सुरक्षा भत्ता वितरणका लागि सम्बन्धित क्षेत्रमै पुग्नका लागि सुरक्षाको प्रबन्ध गरिने बताउनुभयो । खड्काले भन्नुभयो –पछिल्लो समयमा दुध,तरकारी फलफूल बजार व्यवस्थापनका लागि पालिकाकोतर्फबाट विभिन्न स्थानमा हाट बजार सञ्चालनको प्रयास भइरहेको बताउनुभयो । खड्काले कृषि र उद्यम क्षेत्रमा भूमिहीनहरुका लागि विना धितोमा कर्जा प्रवाह गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले गत वर्ष सामाजिक सुरक्षा भत्ता नवीकरण नभएका कारण आठ सय ५० जना वञ्चित भएको भन्दै नवीकरण गर्ने कार्यलाई प्राथमिकता दिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बैकका प्रमुखहरुले सामाजिक सुरक्षा भत्ता वितरणका लागि सम्बन्धित ठाउँमै पुगनका लागि सुरक्षाको प्रबन्ध गर्न, पालिकाले सम्पूर्ण बैंकहरुलाई आफ्नो सेवा प्रवाहमा जोड्न आग्रह गर्नुभएको थियो । साथै वास्तविक किसानहरु समक्ष कर्जा लगानीको वातावरण सुनिश्चिता गर्न आग्रह गर्नुभएको थियो । तुलसीपुर क्षेत्रमा रहेका २० वटा बैकका प्रमुखहरुको सहभागिता रहेको थियो । छलफल कार्यक्रमको संयोजन तुलसीपुर बैकर्स क्लबले गरेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]