
Dbc
Ges
pvg
Mbf
Sdc
Amb
Pbu
Dpm
Snmbs
Snmbs
Gesld
snmbs
sjnsplk
rgs
dpm


दाङ । डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नं १६ मघैमा वर्षौदेखि अतिक्रमणमा परेको वन क्षेत्रलाई अतिक्रमण हटाएर स्थानीय समुदायलाई सामुदायिक वनका रुपमा हस्तान्तरण गरेको छ ।
दाङको सदरमुकाम घोराहीको नजिक रहेको र पर्यापर्यटनको सम्भावना बोकेको उक्त क्षेत्रलाई आगामी दिनमा डिभिजन वन कार्यालय, स्थानीय तह तथा समुदायको सम्युक्त पहलमा शहरी पार्कका रुपमा बिकास गरी आन्तरिक पर्यापर्टनलाई प्रवद्र्धन गर्दै लैजाने लक्ष्य रहेकोे डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । कार्यालयको यो कार्यक्रमबाट अतिक्रमित क्षेत्र पुनः वन क्षेत्रमा परिणत भइ खाली क्षेत्रमा नयां वृक्षारोपण तथा वांकी वन क्षेत्रलाइ वन व्यवस्थापनका माध्यमवाट हरियाली बढ्ने,बजारको नजिक भएकाले आन्तरिक पर्यटक समेत बृद्धि हुन गइ स्थानीय समुदायको जीविकोपार्जनमा समेत उल्लेखनिय सहयोग पुग्ने कार्यालय प्रमुख श्रेष्ठको भनाई छ ।
डिभिजन वन कार्यालयले अतिक्रमण हटाई ब्यवस्थापन कार्यक्रमबाट बस्तिको बिचमा रहेको अतिक्रमणका दृष्टिले अन्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको र बर्षौदेखि अनाधिकृत रुपमा अतिक्रमण गरी जोतभोग समेत भइरहेको ३ दशमलव ८५ हेक्टर वनमा कांढे तारबार गरेर स्थानीय समुदायलाइ मघै सामुदायिक वनका रुपमा हस्तान्तरण गरेको छ । उक्त क्षेत्रलाई पर्यापर्यटकीय क्षेत्रको साथसाथै बिभिन्न प्रजातिका वन तथा वनस्पतिको बिकास गरी सम्वन्धित विद्यार्थीलाई अवलोकन भ्रमण गर्ने स्थान र कृषि वन प्रणाली अन्तरगत कुरिलो लगायतका जडिबुटीलाई अन्तरवालीको रुपमा ब्यवासायिक खेती प्रवद्र्धन गरी समुदायका बिपन्न बर्गको जीपिकोपार्जनमा उल्लेखनिय योगदान गर्न सक्ने सम्भावना रहेको कार्यालयको भनाई छ ।
त्यस्तै वन क्षेत्रलाई खनजोत गरी उपभोग गरिएको उक्त क्षेत्रलाई अतिक्रमण हटाएर करिव ८ सय मिटर तारवार गरी २ हजार ४ सय बिरुवा रोपिएको र अरु पनि बिरुवा रोप्ने क्रममा रहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । उक्त स्थानमा कपुर,कल्की, तेजपात,असना,खयर,सिसौ लगायतका प्रजातिका बिरुवा लगाइएको छ । सो वन क्षेत्रबाट अनाधिकृत रुपमा ठूलो परिमाणमा डोजरको प्रयोग गरी माटो उत्खनन गरी अवैध रुपमा बिक्रि वितरण गर्न लागेको अवस्थामा डिभिजन वन कार्यालयले उक्त कार्य नियन्त्रण गरेको थियो ।
वन कार्यालयले अतिक्रमण हटाउन थालेको प्रयास रोक्नका लागि अतिक्रमणकारिहरुले धेरै प्रयास गरेपनि आफूहरुको निरन्तर प्रयासबाट पुनः वन क्षेत्र बनाउन सफल भएको प्रमुख श्रेष्ठले बताउनुभयो । जोतभोग गरी पाइपाई आइरहेको वन क्षेत्र खाली नगराउन प्रत्यक्ष अप्रत्यक्ष धेरै दवाव पनि आफूहरु बिचलित नभएको श्रेष्ठको भनाई छ । डिभिजन वन कार्यालय दाडले पछिल्लो एक बर्षमा अतिक्रमणको चपेटामा परको करिव ७ हेक्टर वन क्षेत्र अतिक्रमण हटाई पुनः वन क्षेत्र कायम गराएको कार्यालयले जनाएको छ ।
