
Tgp
Ksb
Csb
Bsn
Usb
Rks
Ppu
Fmb
Ssb
Rsb
Ssb
Ksb
Ksb
jsb
Gsb
Nsb

Gsb
Hl1
Tsb
Ssb
Usb

Rgu
ptl
Nps
दाङ । देउखुरी दोलाई खोला,पहरूवा हुँदै भुल्के जोड्ने बाटोलाई कालोपत्रे गरिएको भएको छ । दाङको राप्ती गाउँपालिका ५ को दोलाई खोलादेखि उत्तर दक्षिण पहरूवा गल्ली हुँदै भुल्के जोड्ने ७ सय मिटर बाटो कालोपत्रे गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारको ४० लाख र राप्ती गाउँपालिकाको ४० लाख गरि कुल ८० लाखको समपुरक बजेटबाट इजी कन्स्ट्रक्सन प्रालिले सो बाटो कालोपत्रे गरेको इन्जिनियर अशोक बेल्वासेले जानकारी दिएका छन् ।
त्यस्तै बाटो कालोपत्रे भएपछि पहरूवा, भुल्के, पत्थरगढवा, सगरापुर, बगरापुर लगायतका स्थानीयलाई आवतजावतमा सहज भएको छ । यस अघि बाटो कालोपत्रे नहुँदा वर्षामा हिलो र गर्मीमा धुलो उड्ने समस्या रहेको थियोे । दोलाई खोला देखि पहरूवा हुँदै भुल्के पुग्ने बाटो करिव ३/४ किलोमिटर रहेको छ ।
