
Rgp
lnp
Ggp
Rgp
Asb
Dus
Rgp
Rgp
Ggp
Lks
Usb
Dbs
Sgp
Lnp
Jns
ksb


काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले सोमबार नेपाल प्रहरीको प्रशासन विभागमा राजीनामा बुझाएसँगै प्रहरीभित्र नयाँ एआइजीको चर्चा सुरु भएको छ । पोखरेलले मंगलबारबाट लागु हुने गरी बुझाएको राजीनामा प्रहरी महानिरीक्षकले अघि बढाएर गृहमन्त्रालय हुँदै अब मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनी पदमुक्त हुनेछन् । प्रक्रिया पुरा भएसँगै उनको स्थानमा एक एआइजी पद रिक्त रहने छ ।
प्रहरी महानिरीक्षकको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरी नियुक्ति खारेजीको माग गरेका विश्वराजलाई अन्ततः सर्वोच्च अदालतले हराइदिएपछि उनी बाध्य भएर सोमबार राजीनामा पत्र लिएर प्रहरी प्रधान कार्यालय पुगेका थिए । आईजीपी धिरजप्रताप सिंहविरुद्ध नै मुद्दा दायर गरेका पोखरेलले उनलाई सलाम गरेर बस्न नसक्ने भन्दै राजीनामा बुझाएका थिए ।
विश्वराजको राजीनामा सनाखत गर्न प्रहरीबाटै अस्वीकार !
वरिष्ठ प्रहरी अधिकारीहरूले राजीनामा गर्दा कम्तीमा तीनजना प्रहरी अधिकारीबाट सनाखत गराउनुपर्ने कानुनी व्यवस्था छ । विश्वराजले राजीनामा नै दिने भनेर प्रहरी प्रधान कार्यालय पुगेर राजीनामामा सनाखत गराउन खोजे पनि सुरुमा प्रहरी अधिकारीहरूले सनाखत गर्न अस्वीकार गरेका थिए । एक जुनियर प्रहरी अधिकारीले भने, विश्वराज सा’ब सनाखतका लागि आउनुभएको थियो । तर सुरुमा अधिकांशले सनाखत गर्न अस्वीकार गरे । सनाखत गर्दा भोलि समस्या हुने हो कि भनेर हो या उहाँलाई मन नपराएर हो, धेरै अफिसरहरूले सनाखत गर्नै मान्नुभएन । सनाखत नभएपछि एक छिन तनावमा रहनुभएका साबलाई पछि माथिबाटै सनाखत गरिदिनु भन्ने आदेश आएपछि मात्रै प्रहरी अधिकारीहरूले सनाखत गरिदिएका थिए ।’
को बन्ला नयाँ एआइजी ?
विश्वराज पोखरेलले एआइजी पदबाट दिएको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्रै कार्यान्वयनमा जाने छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि उनको स्थानमा एक पद रिक्त रहनेछ । तर साउन ६ गते अगाडि नै राजीनामा स्वीकृत भई नयाँ एआइजी नियुक्ति नगरेको अवस्थामा एआइजी नियुक्तिका लागि कम्तीमा असोज २२ गतेसम्म कुर्नुपर्ने हुनसक्छ ।
प्रहरी नियमावलीमा साउन ६ गतेदेखि असोज २१ गतेसम्म कार्यसम्पादन मूल्याङ्कन फारम भर्ने लगायतको काम हुने हुनाले उक्त समयमा प्रहरीमा बढुवा वा नियुक्ति दिने गरिँदैन । तर असोज २२ गतेसम्म २ एआइजीको पद रिक्त हुनेछ भने कात्तिक महिनामा ४ जना एआइजीको पद रिक्त रहनेछ ।
एकजनालाई मात्रै एआइजी बनाउँदा विवाद आउने भएको कारण पनि प्रहरी प्रशासन र सरकार दुवै एआइजीको नियुक्ति एकमुष्ठरुपमा कात्तिक महिनामा मात्रै होस् भन्ने चाहन्छन् । हाल डिआइजीमा बढुवा भएकाहरूबाहेक हालका आइजीपी धिरजप्रताप सिंहका ब्याजका ३ जना डिआइजीहरु एआइजीका दाबेदार छन् । हाल डिआइजी रहेकाहरु नलप्रसाद उपाध्याय, महसुद आलम खाँ र मोहन आचार्य सिनियर डिआइजीहरु हुन् । त्यसपछि हालसालै एसएसपीबाट डिआइजीमा बढुवा भएकाहरू पनि एआइजी बढुवाको प्रतिस्पर्धामा रहेका छन् ।
चारजना डिआइजीलाई एकैपटक कात्तिक महिनामा एआइजी बनाएको खण्डमा सिनियर तीनजना डिआइजीबाहेक एकजना हालसालै डिआइजी भएकाबाट बढुवा हुनेछन् । हालसालै डिआइजीमा बढुवा भएकामध्ये वसन्त कुँवर एक नम्बरमा डिआइजीमा बढुवा भएका कारण उनको सम्भावना बलियो रहन्छ । यदि नयाँ आईजीपीका लागि तयार पार्ने गरी हाल डिआइजी भएकाहरूबाट नयाँ एआइजी बनाउने हो भने एक नम्बरका वसन्त कुँवर, दुई नम्बरका टेकप्रसाद राई, तीन नम्बरका अशोक सिंह, चार नम्बरका दीपक थापा र पाँच नम्बरका श्यामलाल ज्ञवाली पनि एआइजीका दाबेदार हुन् ।
यद्यपि निर्वाचनको मिति घोषणा भएमा निर्वाचन नसकिएसम्म एआइजी बढुवा रोकिन पनि सक्नेछ । निर्वाचनको मिति पर सरेको अवस्थामा पनि कात्तिक महिना अगाडि नै नयाँ एआइजी बढुवा हुने सम्भावना भने कमजोर छ । रातो-पाटीबाट
