
pku
Lnp
Rgp
Gfs
Ggp
Pes
Srbpu
Rgp1
Pbu
Sgr
cjs
Unsku
Ses
Djs

nsb
Hal
Gst
Rgu
Pvg
Wsp
Sbs
Rsb
Ggd
Ssm
Ksm
Bbu
Bbbpu
Tsm
Sls
Vor
Asm
Rgs
Rgu

Pls
Bml
Abd
Ptm
Rmb
Jmb
sab
Syp
Gsb
Mks
Jmb
bbt
Rpp
काठमाडौं । कानून कार्यान्वयनको मुख्य अंग नेपाल प्रहरीभित्र माथिदेखि तल्लो तहसम्मको मनोबल कमजोर देखिएको छ ।
कसरी उकास्ने त प्रहरीको मनोबल ? प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँग क्राइमबिट प्रमुख सागर थापाले गरेको कुराकानी:
तपाईं प्रहरी महानिरीक्षक बन्नुभएको लगभग दुई महीना पुग्न लाग्यो,यो अवधिको अनुभव कस्तो रह्यो ?
केही राम्रा र केही तीता अनुभव पनि छन्। समग्रमा प्रहरी संगठनलाई अगाडि बढाउने आफ्नो सोच अनुसार नै हिंडिरहेको छु।
त्यसअनुसार भएका देखिने खालका काम के के छन् ?
प्रहरी महानिरीक्षक भइसकेपछि मैले नियमित प्रशासनिक कामकारबाही सञ्चालन गर्ने,संगठनलाई सही दिशामा लैजाने र नागरिकको अपेक्षाअनुसार काम गर्ने प्राथमिकताहरू निर्धारण गरें। समय तोकेरै काम गर्ने क्रममा कतिपय कामका नतिजा देखिएका पनि छन्। जस्तो-आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षाको अवस्था चुस्त बनेको छ। नागरिकको अपेक्षा सम्बोधन गर्ने गुणस्तरीय प्रहरी सेवाका लागि स्वच्छ,पारदर्शी र दृढ प्रहरी संगठन निर्माण गर्ने लक्ष्यमै अगाडि बढेको छु।
आईजीपी बनेपछि तपाईंले आफ्ना प्राथमिकता र कार्ययोजना पनि सार्वजनिक गर्नुभयो । ती कार्ययोजनासँग संगठनको तादात्म्यता कत्तिको मिलेको पाउनुहुन्छ ?
विगतमा नेपाल प्रहरी कसरी चल्यो,म नेतृत्वमा आउँदा संगठन कुन अवस्थामा थियो भन्ने जगजाहेर नै छ। सबभन्दा पहिले यहाँभित्र ऐक्यबद्धता र भ्रातृत्वको भावना ल्याएर टीम-स्पिरिटमा काम गर्ने वातावरण बनाउनु जरुरी थियो। साथै,अलिकति मनोबल खस्किएको र काम गर्ने उत्प्रेरणा नभएको अवस्थालाई सुधार्नुपर्ने चुनौती पनि थियो। सुस्त रहेका प्रशासनिक गतिविधिहरूलाई चलायमान बनाउँदै संगठनलाई गतिशील पार्न मैले तय गरेका सांगठनिक प्राथमिकताहरूलाई मातहतका सबै दर्जाले स्वामित्व लिने वातावरण बन्नुपर्छ। प्रयास अनुसार त्यो वातावरण बनाउनेतर्फ प्रतिफल आएको मैले महसूस गरेको छु। कतिपय नतिजा बिस्तारै देखिनेछन्। मैले शुरुदेखि भन्दै आएको छु-देशमा अपराधीले टाउको उठाउने वातावरण हुनुहुन्न। त्यसनिम्ति सबभन्दा पहिले प्रहरी आफैं दृढ, पारदर्शी र इमानदार हुनुपर्छ। संगठनभित्र शुद्धीकरणसँगै व्यावसायिकता विकासका लागि प्रहरीले गर्ने काममाथि प्रश्न नउठ्ने वातावरण बनाउने काम भएको छ। अहिले मैले तय गरेका कार्ययोजना अनुसार अघि बढ्न प्रहरी संगठन सक्षम बनेको छ।
प्रहरी संगठन मनोबल खस्किएको अवस्थामा थियो भन्नुभयो,बाहिरबाट हेर्दा केही घटनाले प्रहरीको मनोबल अझै घटाउने काम गरेको देखिन्छ नि?
विभिन्न कालखण्ड र विभिन्न नेतृत्वका पालामा प्रहरी संगठनको हाईहाई पनि थियो। अन्तर्राष्ट्रिय रूपमा समेत नेपाल प्रहरीबारे राम्रो सन्देश गएको थियो। तर,मैले प्रहरी संगठन सम्हाल्दाको पृष्ठभूमि फरक थियो। प्रहरी महानिरीक्षक बन्ने विषयमा अदालतमा मुद्दा पर्ने,महानिरीक्षकका आकांक्षीहरूका विभिन्न धारणा बाहिर आउने लगायत गतिविधि प्रशस्त भएका थिए। हतोत्साहित भएर वा कमजोर मनोबलका साथ काम गर्नुपर्छ भन्ने पक्षमा म छैन। मैले यो कुरा प्रष्टसँग मातहतमा सम्प्रेषण गरेको छु।
केही घटनाक्रमबाट प्रहरीको मनोबल खस्कन थालेको हो कि भन्ने आम चिन्ता पनि देखियो, जुन स्वाभाविक हो। नेपाल प्रहरी संवेदनशील सुरक्षा संगठन हो र यसप्रति नै अविश्वास बढ्दा काम गर्न नसक्ने अवस्था आउन सक्छ। हामी त्यसमा सजग छौं। केही घटनाकै कारण सबै कुरामा असर परेको भन्ने मलाई लाग्दैन। समग्रमा अपराध घटेको छ, शान्तिसुरक्षाको सवालमा हिजोजस्ता चुनौती छैनन्। समाजमा अपराधका घटनालाई निमिट्यान्नै बनाउन सकिन्छ भन्ने दाबी म गर्दिनँ तर हामी दृढ र इमानदार भएर लाग्यौं भने गम्भीर अपराध निकै कम गर्न सक्छौं। अहिले हतोत्साही हुनुपर्ने अवस्था म देख्दिनँ। उत्प्रेरणाको पाटोमा सरुवा, बढुवालगायत प्रशासनिक काममा कुनै ढिलासुस्ती छैन।
त्यसो भए अहिले प्रहरीको मनोबल उकासिएको छ त ?
पक्कै पनि तर, काम गर्दागर्दै पनि प्रहरीले पाउनुपर्ने जति जस पाएको छैन। मलाई लाग्छ,हामीले समाजमा प्रहरी हाम्रा लागि हो,हाम्रै लागि काम गरिरहेको छ भन्ने धारणाको विकास गर्न सकेनौं।
नभए विभिन्न कालखण्डमा थुप्रै राम्रा काम गरेको प्रहरी आम मानिसको मनमा बस्न किन सकिरहेको छैन? एकाध घटनामै सिंगो प्रहरी संगठनलाई लाञ्छित गर्ने काम किन भइरहेको छ ?
अहिले प्रहरी महानिरीक्षक नै ठीक छैन,कहाँबाट प्रहरी राम्रो हुन्छ भन्ने कुरा पनि सुनिन्छ। हो, नेतृत्व ठीक भयो भने मात्र उसले गरेका कामकारबाही हेरेर मातहतले काम गर्छ। मेरो प्राथमिकता गुणस्तरीय प्रहरी सेवा नै हो।
तपाईं अपराध घट्यो भन्नुहुन्छ तर महिलाविरुद्धका हिंसा र त्यसमा पनि नाबालिकमाथि यौन हिंसालगायत अपराध बढेको प्रहरी प्रधान कार्यालयकै तथ्यांकले देखाउँछ। यसले प्रहरीकै कार्ययोजना मिसम्याच भएको देखाउँदैन ?
यी घटना एकैचोटि बढेका होइनन्। जस्तो,यौन हिंसाका २० प्रतिशतभन्दा कम घटना अपरिचितहरूबाट भएको देखिन्छ । ८० प्रतिशत भन्दा बढी यस्ता घटना चिरपरिचितहरूबाटै भएका छन्। कुनै अञ्जान मान्छेले सार्वजनिक ठाउँमा त्यस्तो अपराध गर्दा हाम्रो पहुँच नपुगेमा प्रहरी परिचालनको कुरा आउला। तर,घरभित्रै, चिरपरिचितले,अझ अभिभावकले नै हिंसा गरिरहेको कुरालाई प्रहरीको पहुँचसँग जोड्न मिल्दैन। पक्कै पनि यस्ता घटना रोकिनुपर्छ र त्यसमा सबैको प्रयास आवश्यक छ। यस्ता विषयमा कानून कार्यान्वयनको प्रश्न प्रहरीसँगै जोडिन्छ तर यसबारे जनचेतना जगाउने काम समाजका हामी सबैको हो।
अहिले अपराध बढेको देखिनुको अर्को कारण घटनाको रिपोर्टिङ बढ्नु पनि हो। हामीले यौन हिंसासहित महिला हिंसाका घटनामा ‘शून्य सहनशीलता’ अपनाउने तथा त्यसमा मध्यस्थता, छलफल र मिलापत्रको कुनै गुञ्जायस नरहेको मातहतमा स्पष्टसँग सर्कुलर गरेका छौं। यसमा मुद्दा दर्ता गरेरै जानुपर्छ भनिएकाले डेढ-दुई वर्ष अगाडिका केसहरू पनि आउन थालेका छन्। अपराधी समाजमै हुन्छ,अपराध गरेर लुक्ने समाजमै हो र हामीले समाजको मन जित्यौं भने त्यसबारे सूचना पनि आउँछ।
