सिधा-पत्र/क्राईमबिट शुक्रबार, आषाढ १७, २०७९

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा पदोन्नती भएका ३९ जना एसपीलाई दर्ज्यानी (फूली) चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को मिति २०७९/०३/१३ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ३७ जना र गृह मन्त्रालय (सचिवस्तरको) मिति २०७९/ ०३/ १४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फका २ जना गरी कूल ३९ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका थिए ।

समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले पदोन्नती भएका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई बधाई तथा कार्य सफलताको शुभकामना दिंदै दर्जा अनुरुपको प्राप्त जिम्मेवारी पूर्ण व्यावसायीक भई सकारात्मक सोचका साथ ईमान्दारिताका साथ निर्वाहमा लाग्न निर्देशन दिए ।उनले संगठन सशस्त्र प्रहरी कर्मचारीहरुको सरुवा बढुवा तथा बृत्तिविकास समय सापेक्ष र बैज्ञानिक ढंगले न्यायोचित हुने गरी पद्धती विकास गर्दै कार्यान्वयनमा लागेको उल्लेख गर्दै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो पेशागत दक्षता अभिबृद्धि गर्दै आफू मातहतका कर्मचारीहरुलाई प्रशिक्षित गर्दै विपद् उद्धार लगायत राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा अझ बढी ईमान्दार, वफादार र कटिबद्ध रहँदै परिचालित भई उत्कृष्ट कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गरे ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतका साथै सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]