
Sgp
Lks
Rgp
Rgp
Rgp
Asb
Usb
Pbu
Dus
lnp
Lnp
Ggp
Dbs
Jns
Ggp
ksb
Rgp


काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा पदोन्नती भएका ३९ जना एसपीलाई दर्ज्यानी (फूली) चिन्ह प्रदान गरेका छन् ।
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को मिति २०७९/०३/१३ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ३७ जना र गृह मन्त्रालय (सचिवस्तरको) मिति २०७९/ ०३/ १४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फका २ जना गरी कूल ३९ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका थिए ।
समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले पदोन्नती भएका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई बधाई तथा कार्य सफलताको शुभकामना दिंदै दर्जा अनुरुपको प्राप्त जिम्मेवारी पूर्ण व्यावसायीक भई सकारात्मक सोचका साथ ईमान्दारिताका साथ निर्वाहमा लाग्न निर्देशन दिए ।
उनले संगठन सशस्त्र प्रहरी कर्मचारीहरुको सरुवा बढुवा तथा बृत्तिविकास समय सापेक्ष र बैज्ञानिक ढंगले न्यायोचित हुने गरी पद्धती विकास गर्दै कार्यान्वयनमा लागेको उल्लेख गर्दै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो पेशागत दक्षता अभिबृद्धि गर्दै आफू मातहतका कर्मचारीहरुलाई प्रशिक्षित गर्दै विपद् उद्धार लगायत राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा अझ बढी ईमान्दार, वफादार र कटिबद्ध रहँदै परिचालित भई उत्कृष्ट कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गरे ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतका साथै सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
