
pku
Rgp1
Ggp
Gfs
Pbu
Pes
Lnp
Djs
Sgr
Unsku
Rgp
Srbpu
Ses
cjs

Pvg
nsb
Ssm
Ggd
Ksm
Bbu
Wsp
Sls
Rsb
Rgu
Sbs
Tsm
Rgs
Hal
Bbbpu
Vor
Rgu
Asm
Gst

Ptm
bbt
Rpp
Jmb
Bml
Jmb
Rmb
Pls
Abd
Gsb
Mks
Syp
sab
दाङ । घरेलु तथा साना उद्योग कार्यालय दाङ र इलाका प्रशासन कार्यालय लमहीको एक टोलीले बिहीवार गढवा बजार अनुगमन गरेको छ ।
ब्यवसायीहरुले सरकारलाई नियमित कर तिरे नतिरेको,दर्ता गरेको वा नगरेरै ब्यवसाय संचालन गरेको,म्याद गुजे्रको सामानहरु बिक्री गर्ने गरेको वा ब्यवस्थापन गरेको,सामानहरुको मुल्यसुची राखेको वा नराखेको र नापतौल प्रमाणिकरण गरे नगरेको पत्ता लगाउन गढवा बजारका केहि पसलहरु अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ ।
सो क्रममा गढवा स्थित राजेश किराना,राजेश सुनचाँदी,सितल तथा लालिगुराँस होटल,आचार्य जलपान गृह,गढवा डेरी तथा बेकरी उद्योग,न्यू पोखे्रल पुस्तक पसल,फेसन हव,एस के एग्रोभेट, गढवा इण्टर प्राइजेज,लक्ष्मी काष्मेटीक तथा किराना,नविल इण्टर प्राइजेज,आचार्य सुज एण्ड ब्याग हाउस,जयगुरुदेव किराना पसल,आचार्य किराना,प्लाष्टिक एण्ड भाँडा पसल,इम्रान अटो पार्टस र असरफ स्टिल फर्निचर उद्योग लगायतका पसलहरु अनुगमन गरिएको इलाका प्रशासन कार्यालय लमहीले जनाएको छ ।
त्यस्तै अनुगमनको क्रममा कतिपय पसलमा मुल्यसुची नटाँसीएको,बोर्ड नभएको,खाद्य अखाद्य बस्तु एकैठाउँ राखिएको र कतिपय पसलहरुको कागजात सहित सबै चिजहरु अद्याबधिक रहेको अनुगमन टिमले जानकारी गराएको छ । कमि कमजोरी देखिएका पसल संचालकहरुलाई नियमानुसार गर्न गराउन तत्कालका लागि सुझाव दिइएको र अर्कोपटक पनि यस्तो अवस्थामा सुधार नभएमा नियमानुसार कार्बाही गर्ने बताईएको छ ।
यस्तै अनुगमन टिममा घरेलु तथा साना उद्योग कार्यालयका रामप्रसाद पौडेल,दिपेश ज्ञवाली,इलाका प्रशासन कार्यालयका बामदेव गिरी,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढामगर,गढवा गाउँपालिकाका प्रतिनिधी शुरेस पौडेल,वडा सदस्य गोबिन्दा रोका मगर,इलाका प्रहरी कार्यालय गढवा र पत्रकार महासंघका प्रतिनिधीको उपस्थिति रहेको थियो ।

