Sidha Patra आइतबार, जेठ २९, २०७९

काठमाडौं। लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । लगातार दुई दिनसम्मको छलफलपछि आइतबार प्रदेशसभाले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

प्रदेश प्रमुख अमिक शेरचनले यही जेठ २५ गते प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सभामुख पूर्णबहादुर घर्ती मगरले ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नु भयो ।

त्यस्तै प्रदेशसभा बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको संकल्पलाई बजेटले सम्बोधन गर्ने दाबी गर्नु भयो । उहाँले बजेटमा लुम्बिनीको विकासलाई केन्द्रमा राखेर योजनाहरू ल्याएका छौं बजेटले लुम्बिनी प्रदेशको समृद्धिको ढोका खोल्छ भन्नु भयो ।

यस्तै आगामी वर्षको बजेटलाई थप परिमार्जित र परिष्कृत बनाउन सबै जिम्मेवार हुनुपर्ने मुख्यमन्त्री केसीले बताउनु भयो। राजनीतिक मतभेद र विचार फरक भए पनि प्रतिपक्ष, सत्तापक्ष लुम्बिनीको विकासमा एकजुट हुनुपर्नेमा उहाँले जोड दिनु भयो। बजेटमा प्रदेश गौरवका आयोजना र शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा लगानी गर्ने उद्देश्य प्रदेश सरकारको रहेको उहाँले जानकारी दिनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]