
Djs
Pbu
Sgr
Lnp
Rgp
Ses
Pes
Gfs
Srbpu
Unsku
cjs
Rgp1
Ggp
pku

Tsm
Hal
nsb
Rgs
Wsp
Gst
Rsb
Rgu
Sbs
Ggd
Pvg
Asm
Sls
Ssm
Vor
Bbbpu
Ksm
Rgu
Bbu

Jmb
Syp
Jmb
Gsb
Rpp
Pls
Abd
Mks
Ptm
Rmb
bbt
Bml
sab
काठमाडौं । हप्तामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। दुई दिन विदाको निर्णयले दुरगामी असर पार्ने भन्दै यस विरुद्ध अधिवक्ताहरु सन्तोष भण्डारी,रामबहादुर शाही,पुण्य प्रसाद खतिवडा, त्रिलोक चन्द,दिपक खनाल र तेज कुमार लोहीले रिट दर्ता गराएका हुन्।
रिटको मंगलबारका लागि पेसी तोकिएको सर्वोच्चले जनाएको छ। सरकारले गत जेठ १ बाट लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतलाई विपक्षी बनाइएको रिटमा अध्ययनबिनै हचुवाको भरमा गरिएको यस्तो निर्णयबाट मुलुकको अर्थतन्त्र, शिक्षा,स्वास्थ्य क्षेत्रमा जटिलता देखिने भएकाले खारेजीको माग गरिएको छ।
त्यस्तै‘यति ठूलो निर्णय हरेक व्यक्तिको उत्पादकत्व कार्यशैली, सार्वजनिक सेवा,सरकारी तथा गैरसरकारी सेवासँग जोडिएको विषयको दुरगामी असरलाई निचोरेर नहेरी,यसको विश्लेषणात्मक अध्ययन अनुसन्धानबिनै हचुवाको भरमा हप्तामा दुई दिन विदा घोषणा गरिएको अवस्था छ,’ रिटमा भनिएको छ।
