
Ksbus
Asbus
Ksbus
Ggp
Msbus
Sdc
Ggp
Lnp
Rgp


दाङ । स्थानीय तह सदस्य निर्वाचन २०७९ राजपुर गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्र (गोलाकार भित्र हँसिया हथौडा) का उम्मेदवार रामप्रसाद यादव विजय भएका छन्।
वडाध्यक्षको पदमा रामप्रसाद यादव निर्वाचित भएका हुन् भने सदस्यमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजय भएका छन्। यादवले मत ५९७ मत प्राप्त गरेको छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार रामवरण यादवलाई ९० मतले हराएका हुन्।
त्यस्तै वडा सदस्यमा नेपाली काँग्रेसका झुप लाल वलि ६०५,महेश कुमार यादव ६०४,महिला सदस्यमा नेपाली काँग्रेसकै मायावती यादव ५४० र दलित महिला सदस्यमा पनि नेपाली कांग्रेसकै मिना कुमारी विश्वकर्मा ६३८ मत ल्याई निर्वाचित भई बिजयी हुनु भएको छ । वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्र(गोलाकारभित्र हँसिया हथौडा) का वडा अध्यक्ष बाहेक सबै सदस्य उम्मेदवार नेपाली कांग्रेसकै विजय भएका छन्।
