
Unsku
Rgp
Rgp1
Lnp
pku
cjs
Ses
Pes
Pbu
Djs
Sgr
Ggp
Srbpu
Gfs

Vor
Pvg
Ssm
Tsm
Gst
Rgu
Sls
nsb
Ksm
Bbbpu
Hal
Rgu
Sbs
Rgs
Wsp
Bbu
Ggd
Rsb
Asm

Ptm
bbt
Gsb
Jmb
Syp
Abd
Jmb
Rpp
Mks
Pls
Rmb
sab
Bml
काठमाडाैँ । पालिका चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । जनप्रतिनिधि छान्न पर्सि ३० गते हुने मतदानको सम्पूणर् तयारी पूरा भएको आयोगले जनाएको हो ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदानलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सबै पक्षमा आह्वान समेत गरेका छन् । साथै उनले कसैको डर, धम्की नमानी निर्धक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह समेत गर्नुभएको छ ।
शान्तिपूणर् वातावरणमा मतदान प्रक्रिया सम्पन्न गराउन पनि आयोगले सबै पक्षलाई अपिल गरेको छ । मतदान अवधिमा तीन घेराको सुरक्षा व्यवस्था हुनेछ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बालिग मताधिकारको आधारमा संविधानले सबै नागरिकलाई चुनावमा सहभागी हुने अधिकार दिएको बताए ।
यसपालीको चुनावमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले ३५ हजार २ सय २१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोटका लागि मतदान गर्दैछन् ।
त्यस्तै पालिका चुनावमा विभिन्न राजनीतिक दलका गरी तीन सय ५५ जना निर्विरोध निर्वाचित भइसकेका छन् । मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवक आ-आप्mनो मतदान केन्द्रमा पुगिसकेको पनि आयोगले जनाएको छ ।
यसैगरी पालिका चुनावमा ५५ हजार ६ सय ९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ ।
