
sbs
Unsku
Pbu
Djs
Ggp
Rgp1
Pes
Srbpu
cjs
Gfs
Rgp
Sgr
pku
Lnp

Rgu
Hal
Sbs
Vor
Asm
Bbu
Ggd
Pvg
nsb
Rgs
Rgu
Sls
Bbbpu
Ssm
Rsb
Wsp
Tsm
Ksm
Gst

Rmb
Syp
Pls
bbt
sab
Bml
Mks
Rpp
Ptm
Gsb
Abd
Jmb
Jmb
पाेखरा । घुस लिएको आराेपमा पक्राउ परेका प्रहरी नायव निरीक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकाे छ।
गण्डकी प्रदेश प्रहरी कार्यालय विपद व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोले लेनदेन मुद्दा मिलाई दिने भनी सेवाग्राहीसँग रु. ३८,०००।– माग गरिरहेको भन्ने सूचनाकाे आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिइएको टोलीले प्र.ना.नी महतोलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा गत ०६ गते नियन्त्रणमा लिएको आयागले जनाएको छ। अनुसन्धानको सिलसिलामा प्रहरी नायब निरीक्षक महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत कार्यालयको कार्य प्रकृति भन्दा बाहिर गई पदीय हैसियतको दुरुपयोग गरी लेनदेनको मुद्दा मिलाइदिने भनी सेवाग्राहीबाट घुस लिएको पुष्टि भए पछि मुद्दा दायर गरेकाे आयाेगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए।
त्यस्तै उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर गरेकाे ठहर गर्दै विगो रु.३८,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय मागदाबी सहित बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयाेगका प्रवक्ता भण्डारीले बताए।
