दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ सतबरियामा बिहीबार बिहान बस र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जना गम्भीर घाइते र दुई जना सामान्य घाइते भएका छन् ।
पुर्व,पश्चिम् अन्तरग महेन्द्र राजमार्गको सतबरियामा पश्चिम् रिहारबाट आउँदै गरेको रा १ ख ००३४३ नम्बरको माइक्रो बस र रा १ प ३६७६ नम्बरको मोटरसाइकल ठोकिँदा तीन जना घाइते भएका हुन् ।
जसमा घाइते हुनेहरुमा घोराही उपमहानगरपालिका वडा नम्बर ३ भैसपुर निवासी वर्ष ३२ का बिशाल रोका,सोही गाउँ निवासी वर्ष ११ का नवीन समाल,राजपुर गाउँपालिका वडा नम्बर ३ करङ्गा निवासी वर्ष ३२ का नरबहादुर बुढा रहेको प्रहरी चौकी गोजेनाका इन्चार्ज बसन्तराज गिरीले बताउनु भयो ।
त्यस्तै रोकाको दाहिने हात फ्याक्चर भएर रगतको मात्रा बढी बगेर अबस्था गम्भीर रहेको र समाल र बुढाको अबस्थामा सामान्य रहेकोले रोकाको लमही अस्पतालमा सामान्य उपचार पछि,कोहलपुर रिफर गरेर अहिले उपचार भइरहेको रोकाका परिवारले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने गाडी चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।