
Gsbus
jms
smb
Ssbus
Ppu
gms
Sys

Ln2
Gg1
Usb
Ln8
Rys
Tsb
Sbs
Ln9
kbs
bmj
cks
bml
Ln3
Ssb
Asm
Hl1
Gsb
Gg5
Dps
Ln7

Sab
Rss
Nps
Jab
Gg3
Gjl
Rgu
Snk
ptl
Gg4
Bpb
Ksb
Gg6
Gg2
Jpb
Sml
Sbs
कपिलवस्तु । दुई दिनदेखि फेसबुक र टिकटकमा एक जना युवक भाइरल छन् । म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर ती युवक फेसबुक,टिकटक,युट्युब सबैतिर छाएका छन् ।
सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी उनकै भाषामा मिदी प्रहरी भएको बताएका छन् ।भिडियोमा ती युवकले भनेका छन्,‘सागर,वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन,जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे,तेरो दाइ छ मिदी । माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’ प्रहरीका अनुसार म्यादीको पोशाकमा भिडियो बनाएर भाइरल हुने युवक म्यादी प्रहरी होइनन् । ती भाइरल हुने युवक कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर ४ का १६ वर्षीय नवराज रेग्मी हुन् । प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार नै पक्राउ गरिसकेको छ ।
रेग्मीले आफ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको खुलेको एसएसपी केसीले बताए । ‘रेग्मीले आफ्ना दाइ फुपूका छोरा पुरणको म्यादीको पोशाक लगाएको खुलेको छ । रेम्मी म्यादी प्रहरी नभए पनि पुरण घरमा नभएको बेला उनले पोशाक लगाएको खुलेको छ,’ एसएसपी केसीले भने । प्रहरीले पुरणसँग समेत पोशाकबारेमा सोधपुछ गरेको छ । तर, पुरणले आफू घरमा नभएका बेला पोशाक लगाएर दुरुपयोग गरेको प्रहरीलाई बताएका छन् ।
