Sidha Patra बुधबार, बैशाख २१, २०७९

दाङ । घोराही कारागारबाट भागेका कैदी यमराज परियारलाई दाङ जिल्ला अदालतले थप ६ वर्ष ३ महिना जेल सजायको फैसला सुनाएको छ । २०७८ साल पुस ८ गते अस्पताल जाने भनि प्रहरी जवान सँग गएको परियार भागेर भारत पुगेका थिए ।

अदालतका न्यायाधिस डिल्लीराज शर्मा अर्यालको इजलासले कैदी यमराजलाई बाँकी कैद साढे १२ बर्ष ६ महिना र थप ६ बर्ष ३ महिना साढे १४ दिन गरि १८ बर्ष १० महिना साढे १३ दिन कैद सजाय सुनाएको हो । कर्तव्य ज्यान मुुद्धामा २० वर्ष कैद सजाय तोकिएका परियारले भाग्ने बेला सम्म ७ वर्ष ५ महिना १ दिन कैद सजाय भुक्तान गरिसकेका थिए । कैदी कारागारबाट भागेको खण्डमा कारागार ऐन २०१९ को दफा २४ को ३ मा पक्राउपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था अनुसार यमराजलाई थप ६ बर्ष ३ महिना साढे १४ दिन कैद सजाय तोकिएको हो ।

अदालतका तहसिलदार प्रेमनारायण पराजुलीका अनुसार यस्तो मुद्धामा बाँकी कैदका आधा अर्थात डेढी अर्थात आधा कैदको व्यवस्था कानुनमा रहेको छ । यमराजलाई स्पताल लगेर गएका प्रहरी जवान धनबहादुर चौधरीलाई १० बर्ष कैद सजाय फैसला भएको छ । छाला जचाँउन राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा जाने भनि प्रहरी जवान चौधरीको लु ३१ प ४१० नम्बरको मोटरसाईकलमा गएका उनिहरु अस्पताल नगई दुई युवतीलाई लिएर होटेलमा गएका थिए । त्यही हाटेलबाट कैदी यमराज सोही मोटरसाईकल लिएर भागेका हुन् ।

त्यस्तै उनलाई जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्ष डिएसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट नियन्त्रणमा लिन सफल भएको थियो । कैदी फरार प्रकरणमा निलम्बनमा परि मुद्धा खेपेका तत्कालिन कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी र प्रहरी हवल्दार गणेशकुमार थारुले सफाई पाउनुभएको छ । प्रहरी द्धय ठकुरीलाई १० हजार र थारुलाई अदालतले ५ हजार धरौतीमा छोडेको थियो ।

सफाई पछि प्रहरी सहायक निरिक्षक ठकुरी जिल्ला प्रहरी कार्यालय दाङमा हाजिर भैसक्नुभएको छ । त्यस्तै पुर्पक्षका लागि कारागार चलान भएकी तुलसीपुर उपमहानगरपालिका ३ की समी चौधरीलाई पनि अदालतले सफाई दिएको छ ।

त्यसैगरी कैदी र प्रहरी जवान सँग होटलमा गएकी अर्की घोराही १६ की विपशा चौधरी र होटल सञ्चालक सौजन्य खनाललाई पनि अदालतले सफाई दिएको छ । तत्कालिन कारागारका जेलर युवराज परियारलाई भने बिभागमा मुद्धा नचलाउन भनेपछि अहिले उहाँ जिल्ला प्रशासन कार्यालय रोल्पाका कार्यरत रहनुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]