
Rgp1
Sgr
Ses
Lnp
Rgp
Djs
pku
Pbu
Gfs
Ggp
Pes
Unsku
Srbpu
cjs

Sbs
Pvg
Rgs
Asm
Tsm
Sls
Wsp
Vor
Rgu
Ssm
Bbbpu
Ksm
Rgu
Bbu
nsb
Hal
Gst
Rsb
Ggd

sab
Pls
Syp
Rpp
Bml
Rmb
Abd
bbt
Jmb
Gsb
Mks
Jmb
Ptm
काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । एक सय ३६ वर्षदेखि लगातार मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । यो दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ ।
नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपाल ट्रेड युनियनले श्रमिक अधिकारको पक्षमा दबाब दिने उद्देश्यले पदयात्रा गर्दैछ ।
काठमाण्डौको भृकुटीमण्डपबाट सुरु हुने पदयात्रा सहिदगेट, न्युरोड गेट, रत्नपार्क हुँदै बागबजारमा पुगेर सभामा परिणत हुनेछ । यस्तै नेपाल ट्रेड युनियन महासङ्घले भृकुटीमण्डमा श्रमिक सभाको आयोजना गर्ने छ ।
नेपालका क्रियाशील एक दर्जनभन्दा बढी ट्रेड युनियनको साझा संस्था ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले बृहत् कार्यक्रमको आयोजना गर्ने जनाएको छ । नेपालको राजनीतिक परिवर्तनमा श्रमिक वर्गको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ ।
वि.स २००७ सालको राणा शासनविरुद्ध, २०४६ सालको प्रजातन्त्र प्राप्ति तथा २०६२/६३ सालको गणतन्त्रको आन्दोलनमा श्रमिक वर्गको अतुलनीय योगदान रहेको छ । आन्दोलनबाटै नेपालका श्रमिकले अधिकार प्राप्त गरेका छन् ।
संविधानमा श्रम–एजेन्डा समावेश गरिएका छन् । संविधानमा मौलिक हकका रूपमा हरेक नागरिकलाई रोजगारीको हक हुने, योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिएको छ ।
संविधानमा श्रम अभ्यास र श्रमिकको पारिश्रमिकको हकको सुनिश्चिता भएको छ । बालश्रम, बाधा श्रम निषेध भएको छ । विभिन्न जातीय, लैङ्गिक, क्षेत्रीय, भाषिक, धार्मिक, वैचारिक आधारमा हुने भेदभाव अन्त्य गरी समानताको प्रत्याभूति गरिएको छ ।
औपचारिक र अनौपचारिक श्रमिकको भेदभाव हटाएर सबै श्रमिकलाई समान हैसियतको व्यवस्था श्रम ऐनमा गरिएको छ । तर, श्रमिकको हक अधिकारका विषय संविधानमा लेखिए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको छ ।
अझै पनि औपचारिक तथा अनौपचारिक क्षेत्रका धेरै श्रमिक सामाजिक सुरक्षाको हकका साथै न्यूनतम पारिश्रमिकबाट वञ्चित छन् । संविधानले हरेक नागरिकलाई रोजगारीको हक प्रदान गरेको भए पनि कामको अभावमा युवा शक्ति विदेशिएका छन् । दिवसको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।
यसैबीच, दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने बताउनु भएको छ ।
यस्तै,प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताउनु भएको छ । उहाँले श्रमिकका लागि सीपमूलक तालिम, व्यावहारिक शिक्षा र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकताअनुसारको सीपमूलक तालिमको व्यवस्थालाई सरकारले अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
