
Bsn
Usb
Csb
Nsb
Rsb
Rks
Ksb
Ppu
Ssb
Ksb
Gsb
Tgp
Ksb
Ssb

Usb
Gsb
Hl1
Ssb
Tsb

ptl
Rgu
Nps
दाङ । बेपत्ता छानविन आयोगमा लुम्बिनी प्रदेशका ७ सय ७४ उजुरी दर्ता भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा परेको उजुरीहरुमध्ये ७ सय ७४ वटा उजुरी लुम्बिनी प्रदेशबाट दर्ता भएको हो ।
आयोगमा अहिले कुल ३ हजार २ सय ८८ उजुरी परेका छन् । जसमध्ये २ हजार ४ सय ८८ उजुरीलाई विस्तृत अनुसन्धानबाट अघि बढाइएको आयोगका प्रवक्ता डा।गंगाधर अधिकारी जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा आयोगले बेपत्ता पारिएका व्यक्तिका परिवार र आफन्तलाई १ हजारभन्दा बढी परिचयपत्र वितरण गरिएको समेत अधिकारीको भनाई छ । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष युवराज सुवेदीले अबको करिब डेढ वर्षमा आयोगका सबै काम पूरा गर्न सकिने भन्दै यसमा सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
पुस मसान्तसम्म आएका सबै उजुरी लिएपछि वेपत्ता परिवारलाई परिचयपत्र दिने क्रम जारी रहेको उहाँको भनाई छ । पीडितहरुका लागि तत्कालीन र दीर्घकालिन कार्यक्रमहरु सञ्चालन गर्न लागिएको समेत जानकारी दिनुभयो । नि:शुल्क शिक्षा तथा स्वास्थ्योपचार,सहुलियतपूर्ण ब्याजमा ऋण सुविधा दिने लगायतका कार्यक्रम कार्यान्वयनको चरणमा रहेको उहाँको भनाई छ ।
