
Pes
cjs
Gfs
pku
Rgp
Srbpu
Sgr
Unsku
Lnp
Djs
Pbu
Ses
Rgp1
Ggp

Asm
nsb
Rgu
Rgu
Ssm
Sbs
Ksm
Hal
Rsb
Ggd
Wsp
Bbbpu
Vor
Sls
Pvg
Rgs
Gst
Bbu
Tsm

Gsb
sab
Ptm
Syp
Jmb
bbt
Jmb
Bml
Rmb
Rpp
Pls
Abd
Mks
दाङ । बेपत्ता छानविन आयोगमा लुम्बिनी प्रदेशका ७ सय ७४ उजुरी दर्ता भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा परेको उजुरीहरुमध्ये ७ सय ७४ वटा उजुरी लुम्बिनी प्रदेशबाट दर्ता भएको हो ।
आयोगमा अहिले कुल ३ हजार २ सय ८८ उजुरी परेका छन् । जसमध्ये २ हजार ४ सय ८८ उजुरीलाई विस्तृत अनुसन्धानबाट अघि बढाइएको आयोगका प्रवक्ता डा।गंगाधर अधिकारी जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा आयोगले बेपत्ता पारिएका व्यक्तिका परिवार र आफन्तलाई १ हजारभन्दा बढी परिचयपत्र वितरण गरिएको समेत अधिकारीको भनाई छ । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष युवराज सुवेदीले अबको करिब डेढ वर्षमा आयोगका सबै काम पूरा गर्न सकिने भन्दै यसमा सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
पुस मसान्तसम्म आएका सबै उजुरी लिएपछि वेपत्ता परिवारलाई परिचयपत्र दिने क्रम जारी रहेको उहाँको भनाई छ । पीडितहरुका लागि तत्कालीन र दीर्घकालिन कार्यक्रमहरु सञ्चालन गर्न लागिएको समेत जानकारी दिनुभयो । नि:शुल्क शिक्षा तथा स्वास्थ्योपचार,सहुलियतपूर्ण ब्याजमा ऋण सुविधा दिने लगायतका कार्यक्रम कार्यान्वयनको चरणमा रहेको उहाँको भनाई छ ।
