
Rgp
Ggp
Ses
Pbu
Unsku
Rgp1
cjs
Pes
Djs
Gfs
Sgr
pku
Lnp
Srbpu

Hal
Pvg
Rgs
Bbbpu
Wsp
Tsm
Ssm
Ggd
Rsb
Sbs
Sls
Rgu
Rgu
Bbu
Ksm
Vor
Gst
Asm
nsb

sab
Ptm
Jmb
Bml
Jmb
Gsb
Pls
Syp
bbt
Rpp
Abd
Rmb
Mks
काठमाडौं । नेपाल प्रहरीमा १२ चैत्र २०४९ मा प्रवेश गर्दा धीरजप्रताप सिंह नम्बर एकमा रहेर इन्स्पेक्टर बनेका थिए । २०६१ मा डएसपी हुँदा पनि उनी नम्बर एक नै बनेर बढुवा भए । २०६९ मा एसपी हुँदा पनि सिंह नम्बर वान नै रहे ।
सिंहलाई त्यतिबेला धेरैले भावी आइजीपीको रुपमा लिएका थिए । तर, एसएसपी हुँदा उनी नम्बर वानबाट तल झारिए । विश्वराज पाखरेलले त्यसपछि निरन्तर बाजी मार्दै गए ।
सिंहको ब्याची विश्वराज पोखरेल इन्स्पेक्टर भएर सेवा प्रवेश गर्दा १६ नम्बरमा थिए । डिएसपी हुँदा १८ र एसपी हुँदा ५ नम्बरमा थिए । तर, एसएसपी हुँदा आफ्ना ब्याचीका ४ जनालाई उछिनेर नम्बर वान बन्न पुगे । सिंह २ नम्बरमा एसएसपी बढुवा भए ।
डिआइजी बढुवामा पोखरेलले फेरि छलाङ मारे । डिआइजी सुशील भण्डारीको सडक दुर्घटनामा मृत्यु भयो । पूर्व आइजीपी ठाकुर ज्ञवालीको ब्याचका वीरेन्द्र श्रेष्ठलाई बढुवाको प्रयास भयो । तर, पोखरेलले राजनीतिक प्रभावमा डिआइजी बन्ने सफलता हासिल गरे । उनले आफूभन्दा अघिल्लो ब्याचीलाई मात्र नभई दुई ब्याचलाई उछिनेका थिए ।
पोखरेललाई डिआइजी बनाउन तत्कालीन केपी शर्मा ओली सरकारका प्रभावशाली मन्त्रीहरुको दबाब परेको थियो । विश्वस्त स्रोतका अनुसार तत्कालीन आइजीपी सर्वेन्द्र खनालले ६ महिनासम्म फाइल अड्काएका थिए । फेरि राजनीतिक दबाबले पोखरेलले बाजी मारे ।
हालका आइजीपी शैलेश थापा क्षेत्री आइजीपी बन्दा प्रतिष्पर्धीहरु हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की थिए । चारैजनालाई उछिनेर पोखरेल आइजीपी बन्ने प्रयासमा लागेका थिए । तर, त्यसमा उनी सफल भएनन् । पछि क्षेत्रीकै ब्याचीहरु पाल, शाही र कार्की एआइजीमा बढुवा भए ।पोखरेलले शक्तिको प्रयोग गरेर एआइजीको दरबन्दी सृजना गराउन सके । उनी एआइजी बढुवा भए । एमालेकै एउटा पक्ष उनीसँग असन्तुष्ट हुँदै गयो । त्यसपछि एआइजीको अर्को दरबन्दी सृजना गरेर सहकुल थापालाई एआइजी बढुवा गरियो ।
पोखरेलको प्रहरी बढुवाको इतिहास बुझेर बालुवाटार गम्भीर भयो । त्यसपछि तीन एआइजीको दरबन्दी सृजना गरी धीरज प्रताप सिंहलाई अगाडि बढाउने तयारी भयो । त्यस अनुसार सिंहसहित रवीन्द्र धानुक एआइजीमा बढुवा भए । उनीहरुसँगै हालका आइजीपी क्षेत्रीसँगै वसन्त पन्तको भाग्योदय भयो । उनी एआइजीमा बढुवा भए ।
अहिले आइजीपीको प्रतिष्पर्धा पेचिलो बनेको छ । प्रतिष्पर्धामा ४ जना छन् । विश्वराज पोखरेल वरियतामा पहिलो, सहकुल थापा दोस्रो, धीरज सिंह तेस्रो र रवीन्द्र धानुक चौंथो नम्बरमा छन् ।
इन्स्पेक्टर,डिएसपी र एसपीमा नम्बर वान भएका धीरज सिंहलाई अगाडि बढाउने तयारी भएको छ । हाल एआइजीमा वरियतामा आफ्नो ब्याचीबाट पहिलो नम्बरमा रहेका पोखरेलाई वरिष्ठताका आधारमा गर्नुपर्ने विषय पनि आएको छ । तर, प्रहरी सेवामा सिंह सेवा प्रवेश र दुईवटा सुरुका बढुवामा नम्बर एक नै रहे । पछि पोखरेलले छलाङ मारेका थिए । यसमा धेरै राजनीतिक प्रभावहरुले कार्य गरेको देखिएको छ । यसकारण पनि बालुवाटारले प्रतिष्पर्धीहरुको इन्स्पेक्टर देखिको कार्यक्षमता मूल्यांकन गरेर निर्णय लिन लागेको बुझिएको छ ।
