
Gfs
Srbpu
Ggp
Unsku
Djs
Rgp1
Sgr
cjs
Lnp
Ses
Rgp
Pes
Pbu
pku

Rsb
Bbbpu
Sls
Wsp
Bbu
Gst
Asm
Hal
Pvg
nsb
Rgu
Vor
Ssm
Rgu
Sbs
Tsm
Ksm
Ggd
Rgs

Abd
Pls
Gsb
sab
Ptm
Jmb
bbt
Rmb
Mks
Syp
Jmb
Bml
Rpp
काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् । निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे ।
याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे । स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ काे स्थानीय तहकाे चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।
कुन पदमा कति उम्मेदवार ?
मेयर : ३ हजार २६१
अध्यक्ष : ३ हजार २५४
उपमेयर : २ हजार ३
उपाध्यक्ष : २ हजार २९२
वडाध्यक्ष : ३२ हजार ५९
महिला सदस्य : २३ हजार ३ सय ७५
दलित महिला सदस्य : २१ हजार ११५
सदस्य : ४८ हजार ९१०
आज उम्मेदवारको विरोधमा उजुरी दिन आयाेगले भनेकाे छ । र १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।
१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका रहेको छ ।
