शिबराज पन्थी/गढवा बुधबार, चैत्र ३०, २०७८

दाङ । समुदायमा आधारीत दक्षिण देउखुरी अधिकार मञ्चमा आवद्ध गढवा स्थित ११ समूहहरुको संयुक्त संस्था दियालो मूल समितिको नवौं बार्षिक साधारणसभा बुधवार गढवामा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष चित्रबहादुर खड्काको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथी यादवले दक्षिण देउखुरी अधिकार मञ्चमा आवद्ध समूह सदस्यकालागि गढवा गाउँपालिकाबाट जिवीकोपार्जन सुधारको क्षेत्रमा केहि सहयोग गर्दे आएको र सो सहयोगबाट केहि किसानहरु स्वरोजगार समेत बन्न सफल भएकोमा खुसी प्रकट गर्नुभयो ।दक्षिण देउखुरीको बिकासमा यस समितिले बिगत खेखि नै स्थानीय सरकारसंग समन्वय सहकार्य गर्दै भूमिका खेल्दै आएको उहाँले बताउनुभयो । नेपाली काँग्रेस गढवाका सभापति किरण पौडेल,माओवादी केन्द्रका गढवा इन्चार्ज यमनारायण पोखे्रल,राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल,एकिकृत समाजवादी पार्टीका गोबिन्द रोका,दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर,समूह प्रतिनिधीहरु प्रभा यादव,सरिता बोहोरा,सुमित्रा चौधरी,भरत घर्ति र चञ्चला चौधरी लगायतले साधारणसभाको सफलताको शुभकामना दिनुभएको थियो ।

दक्षिण देउखुरीको भूगोल गढवा र राजपुर गाउँपालिकामा कुल ५ वटा मूल समितिहरु संचालनमा आएको र मूल समितिहरु भित्र दश बढी समूहहरु संचालनमा रहेको कार्यक्रममा जानकारी गराइएको थियो । जसमध्ये दियालो मूल समिति साबिक गढवा गाबिस भित्र ९ वटा समूहहरु मिलेर बनेको अधिकार मञ्चका अध्यक्ष देवराज कुँवरले बताउनु भयो । स्थानीय सरकार र दक्षिण देउखुरी अधिकार मञ्चको समन्वय सहकार्यमा दियालो मुल समिति अन्तर्गत ९ वटा समूहहरु संचालनमा रहेको र समूह सदस्यहरुबिच बचत संकलन,कर्जा लगानी गरि कृषि,पशुपालन तथा अन्य पेशा ब्यवसाय गरेर सदस्यहरुको जिवीकोपार्जनमा सुधार भएको कार्यक्रममा जानकारी गराइएको हो ।

कार्यक्रममा संस्थाका कविता सुवेदीले संस्थागत प्रतिवेदन,आर्थिक प्रतिवेदन र आगामी कार्यक्रम सहितको खाका तथा समस्या र चुनौतिहरुलाई बुँदागत प्रस्तुती राख्नु भएको थियो । गिता पुलामीको स्वागत मन्तब्यबाट सुरु भएको साधारणसभाको संचालन मूल मितिका उपाध्यक्ष फागुराम चौधरीले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]