
Dbc
Pbu
Sdc
Snmbs
Ges
Dpm
snmbs
Snmbs
dpm
Mbf
Gesld


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ मोटिपुर निवासी बिजय पाठकको घर र आमा बस्ने घर हिजो-आजको वर्षातको कारणले दुई कोठाको कच्ची घर डुबानमा परेर जलासय भएको छ । केही दिन यता लगातार परेको पानीले पाठकको घर र आफ्नो आमाको घर भित्र पानी पसेर जलासय हुँदा घरमा बस्न नसक्ने स्थिति उत्पदन भएको हो । यस्तो समस्या उत्पन्न भएपछि पाठकले समयमा स्थानीय वडा पालिका र प्रहरी चौकीलाई खबर गराएको बताउनु भयो ।
सिधा पत्र संगको कुराकानीमा पाठकले मेरो घरमा जलासय भएको छ । सुत्न बस्न गाह्रो भएपछि सम्बन्धित निकाय वडापालिका र प्रहरी चौकीमा खबर गरे ‘उहाँहरु आउनु भयो-घरको समस्या हेरेपछि आवस्यक सहयोग गर्छौं भन्नू भयो,तर अहिलेसम्म सहयोगको नाममा केही पाएको छैन,गुनासो पोख्नु भयो।
यता ४ नम्बर वडाका वडा अध्यक्ष रामेश्वर यादव संग जानकारी लिउदा उहाँले घरको दक्षिण तर्फबाट अहिले बाटो निर्माण भइरहेकोले केही माटो नालीमा भरिएको हुँदा नालीमा बग्ने पानी घरमा पसेर सो समस्या उत्पन्न भएको र तत्काल बाटो निर्माणमा खटेको जिसीबीलाई नालीको माटो हटाएर ढल निकास गर्न आग्र गरेको छु,’वडा अध्यक्ष यादवले बताउनु भयो । त्यस्तै उहाँले केही दिन अघि पाठकको परिवारलाई राहत दिएको समेत जानकारी दिनु भयो ।
